Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
आर्थिक
  • Home
  • News
  • सोमवारदेखि आन्तरिक उडान सूचारु
सोमवारदेखि आन्तरिक उडान सूचारु
64x64
शनिवार, आश्विन ३, २०७७ आजको पोष्ट

काठमाडौं : कोभिड-१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ। बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन्। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन्।

यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन्। शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन्। अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ। शुरुवाती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए। 'असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन्। शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ' उनले भने।

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ। सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ। शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ। छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन्। नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ। बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ। बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ। यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए।

उनका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ। शुरुमा करीब दैनिक १० उडान हुनेछ। अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिनेछ। सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान सङ्ख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गरे।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन्।


प्रकाशित मिति: शनिवार, आश्विन ३, २०७७, ०३:२२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
बनिरहेको पुलका सामग्री बाढीले बगायो
आर्थिक
सलह भगाउन किसानलाई सकस हुर्कदै गरेको मकै नष्ट
64x64
मंगलवार, असार १६, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
आर्थिक
प्यूठानमा सूचना प्रविधि विकासको सम्भावना...
64x64
शनिवार, असार १३, २०७७ डा. शैलेन्द्र बिक्रम गिरी
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP