Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
राजनीति
  • Home
  • News
  • चुनावी कमाण्डरसँग कुराकानी
चुनावी कमाण्डरसँग कुराकानी
64x64
सोमवार, बैशाख २६, २०७९ प्यार अलि खाँन

मोहम्मद हलिम हलुवाई
निर्वाचन परिचालन कमिटी संयोजक
नेकपा एमाले सरूमारानी गाँउपालिका प्यूठान 

चुनावले गाउँघर तातेको छ । जिल्लाको दक्षिणी भेगमा अवस्थित सरुमारानी गाउँपालिकामा पनि चुनावी रौनक दिनानुदिन बढ्दो छ । यहाँ मूलतः नेकपा एमाले र गठबन्धनदलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेको तर्फबाट निवर्तमान गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा र गठबन्धनदलबाट साझा उम्मेदवारको रूपमा कांग्रेस नेता मुकुन्दराज शर्मा गाउँपालिका अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । नेकपा एमालेले कसरी चुनावी गतिविधिलाई अगाडी बढाइरहेको छ ? जित्ने आधार के हुन् ? लगाएत विषयमा आजको पोष्टका वरिष्ठ संवाददाता प्यार अलि खाँनले एमाले सरुमारानीका निर्वाचन परिचालन कमिटी संयोजक, चुनावी कमाण्डर मोहम्मद हलिम हलुवाईसंग गरेको कुराकानीको सार संक्षप :

  • एमाले सरुमारानीको निर्वाचन परिचालन कमिटीको संयोजक हुनुहुन्छ, पार्टीलाई कसरी परिचालन गर्दै हुनुहुन्छ ?

हामीले पार्टीको तर्फदेखि अगाडी सारेका उम्मेदवारहरुलाई वडाका सबै टोलटोलमा टोलभेला गराई उपस्थित गराउने, पार्टीको नीति बिचार र निर्वाचन पश्चात जनताको हितमा गर्न सकिने कुराहरुलाई मात्र आश्वासन दिँदै विश्वस्त पार्दै अघि बढेका छौं । जति सकिन्छ धेरै भन्दा धेरै टोलबस्तीहरुमा उमेदवार सहित पार्टिका सबै नेता तथा कार्यकर्ताहरुलाई परिचालन गर्ने आरोप प्रत्यारोप र झडपको अबस्था हाम्रो तर्फदेखि आउन नदिने, निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नेगरि निर्वाचनमा जनताको मन जितेर आफ्नो पक्षमा मतदान गराउने प्रती हामी सजग छौं । निर्वाचन आचारसंहिता विपरीत भोजभतेर गरेर, पैसाको प्रलोभनमा पारेर अराजनैतिक गतिविधि हाम्रो रुचिका विषय होइनन् । हामी हाम्रो पार्टीलाई लोकतान्त्रिक स्वस्थ प्रतिस्पर्धाको विधिबाट सिंगो पार्टी पंक्ति यो महाअभियानमा जोडिएका छौं ।

  • गठबन्धनको चुनौतीलाई कसरी सामना गर्दै हुनुहुन्छ ?

यो गठबन्धनलाई नेकपा एमालेले चुनौतीको रुपमा लिएकै छैन । सरुमारानीमा मसाल, समाजबादी केवल नाम मात्रका पार्टी हुन । यहाँ विशेष गरेर नेपाली कांग्रेस र माओबादी केन्द्रको केहि उपस्थिति भने अवश्य नै छ । पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेस तथा माओवादीले एक÷एक वडा जितेको अवस्था हो । अहिलेको अवस्थामा घटनाक्रम फेरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको मूल नेतृत्वमा रहेर काम गरेका होनहार अगुवा नेता तथा कार्यकर्ताहरुको पंक्ति हाम्रो पार्टीमा प्रवेश गरेको अवस्था छ । हाम्रो पार्टीमा दिनानुदिन पार्टी प्रवेशको लहर बढ्दो छ । कांग्रेस क्षेत्रिय उपसभापती जैनुल मिया, कांग्रेस क्षेत्रिय सदस्य हकित मिया, कांग्रेस पालिका कमिटीका उपसभापती पुष्पराज न्यौपाने, सचिव जागेश्वर पोखरेल, सहसचिव कल्पना सुनार, वडा न ५ का वडा सभापती सहित दर्जन भन्दा धेरै अगुवा कार्यकर्ताहरु नेकपा एमालेमा समाहित भएको विद्यमान अवस्था छ । एमालेको बलियो संगठन, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको जनपक्षीय काम, एमाले नेतृत्वको गाउँ सरकारले सुशासनको पक्षमा, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासमा गरेका कामहरूका कारणले हामी जनता माझ हरदम हरपल नजिक रहँदै आएका छौं । गठबन्धन समृद्धि र विकासका लागि होइन मिलिभगतको लागि हो भन्ने कुरा अति सामान्य जनताले पनि बुझिसकेका छन् । तगठबन्धन दलहरुको तर्फबाट गरिएका भ्रमका खेतीहरुलाई उजागर गर्दै हामी बस्ती बस्तीमा अघि बढेका छौं ।

  • एमालेले निर्वाचन जित्ने आधारहरू के के हुन् ?

मुलकुरा नेकपा एमालेको सङ्गठन चुस्त छ । जनतामा आधारित हाम्रा जनसंगठनहरु क्रियाशील रहेका छन् । एमालेले गरेका जनपक्षीय कामहरुलाई सरूमारानीका जनताहरूले नजिकबाट नियालिरहेका छन् । एमालेका विरुद्ध विपक्षीहरुले गर्ने कुप्रचारलाई हामीले तोड्दै आएका छौं । जनतासंग एमालेको बलियो जनगठबन्धन रहँदै आएको छ । जनताको पक्षमा नभएर लोभीपापीहरुले व्यक्तिगत स्वार्थका लागि गरेको गठबन्धन भन्ने कुराको बुझाई तल्लो तहको जनता माझ पुगिसकेको छ । आफ्नो स्वार्थ पुरा गर्न तथा सत्ता प्राप्तीको निम्ति गठबन्धनले समावेशी तथा समानुपातिक प्रतिनिधित्वको सवाललाई तिलाञ्जली दिएको छ । जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष मध्ये एक जना महिला हुनुपर्ने कानुनी व्यवस्थालाई लत्याउँदै गठबन्धनले पुरुष उम्मेदवार अघि सारेको छ । सरुमारानीका महिला दिदिबहिनीहरुले यो कुरालाई किमार्थ नजर अन्दाज गर्नै सक्दैनन् । हामीले हाम्रो पार्टीको तर्फबाट भूगोलको समेत सन्तुलन मिलाउँदै समावेशी चरित्रको उत्कृष्ठ नमूना प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरुलाई निर्वाचनमा अघि सारेका छौं । जनपक्षीय, लोकप्रिय उम्मेदवारहरुको उम्मेदवारीका कारण हाम्रो पार्टीले निर्वाचन जित्ने आधारहरु हुनसक्दछन् ।

योग्य, सक्षम, भिजन भएको नेता, एकपटक गाउँपालिका अध्यक्ष भइसकेको अनुभवी पाको नेतृत्व, एमाले प्यूठानको उपाध्यक्ष समेत रहनुभएका झग बहादुर विश्वकर्माको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं । यसपटक पनि एमालेले पूनः निर्वाचन जित्ने कुरामा कुनै शंका छैन् । गाँउ वस्तीहुँदै समृद्ध तथा समुन्नत गाउँपालिका बनाउने पार्टी एमाले नै हो, एमालेले नै गर्छ भन्ने दृढ विश्वास, आशा अनि भरोसा जनताहरूले गर्दै आएको भन्ने हाम्रो पार्टीको बुझाई छ ।


प्रकाशित मिति: सोमवार, बैशाख २६, २०७९, ०९:५७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
सत्यवतीमा एमालेले जित्यो
राजनीति
दोहोरिए विश्वकर्मा
64x64
सोमवार, जेठ २, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
मल्लरानीमा खड्का र श्रेष्ठ विजयी
64x64
सोमवार, जेठ २, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP