Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
आर्थिक
  • Home
  • News
  • मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
64x64
आइतवार, श्रावण १५, २०७९ केशरराज क्षेत्री
मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने प्यूठान, गुल्मी र अर्घाखाँचीको संगमस्थल सौतामारे ।

प्यूठान : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छिसम्मको सडक कालोपत्र हुने भएको छ । केही वर्ष रोकिएको उक्त खण्डको कामले यसवर्षदेखि निरन्तरता पाउने भएपछि यस क्षेत्रका स्थानीय उत्साहित भएका छन् ।

गुल्मीको मदाने गाउँपालिकास्थित सिमलटारीहुँदै प्यूठानको झिमरुक गाउँपालिकाको सौतामारेदेखि मच्छि बजारसम्मको ३१ दशमलव ८ किलोमिटर सडक कालोपत्र हुने भएको हो । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ललितपुरले उक्त सडक कालोपत्र गर्नका लागि एक अरब ९२ करोड रुपैयाँ बरावरको बोलपत्र आव्हानको सूचना प्रकाशित गरिसकेको छ ।

यस योजना अन्तर्गत सात मिटरको दुईतर्फी सडक निर्माण हुने निर्देशनालयका निर्देशक अशोक तिवारीले जानकारी गराए । ‘यो बहुवर्षिय योजना हो’,तिवारीले भने,‘तीन वर्षभित्र उक्त आयोजना पुरा गर्ने लक्ष्य छ ।’ वर्षौ अघिदेखि चर्चामा रहेपनि सडक निर्माणको कामले गति नलिएपछि यस क्षेत्रका स्थानीयले सडक बन्नेमा ढुक्क थिएनन् । तर, टेण्डरको सूचना प्रकाशन भइसकेपछि स्थानीयमा आशा जागेको हो ।

गुल्मीका सांसद् एवं पूर्वमन्त्री प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, अर्घाखाँचीका सांसद् एवं पूर्व मन्त्री टोप बहादुर रायमाझी र प्यूठान सौतामारे निवासी एमाले नेता सूर्य थापाको विशेष पहलमा दुवै जिल्लालाई समेट्ने गरी सडक निर्माण गर्ने सहमतीपछि योजनाले गति लिएको हो ।

यस सडक निर्माणपछि प्यूठान, गुल्मी र अर्घाखाँचीको चहलपहलमा थप बृद्धि हुने झिमरुक गाउँपालिका वडा नम्वर १ सौतामारेका वडा अध्यक्ष धुर्वराज खनालले बताए । ‘तीन जिल्लामा रहेका पर्यटकीय स्थलहरुको समेत प्रवद्र्धनमा यसले टेवा पुग्ने देखिन्छ’,उनले भने,‘ग्रामीण अर्थतन्त्रको विकासमा मदन भण्डारी राजमार्ग कोशेढुंगा सावित हुने आशा गरिएको छ ।’ उनले सडकलाई स्थानीयको आय आर्जनसँग जोड्नुपर्ने समेत धारणा राखे ।

सडक क्षेत्रमा पर्ने घर टहराहरुलाई मापदण्ड अनुसार मुआब्जा दिने आयोजनाले जनाएको छ । आयोजनाले माग गरे अनुसार सडक क्षेत्रमा पर्ने घर टहरा र जग्गाको क्षेत्रफलको विवरण पठाइएको झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले जानकारी दिए । मदन भण्डारी राजमार्ग अर्घाखाँचीहुँदै जाने वा प्यूठान हुँदै भन्ने विवादले केही समय यसले गति लिन सकेको थिएन् । गुल्मीका सांसद् एवं पूर्वमन्त्री प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, अर्घाखाँचीका सांसद् एवं पूर्व मन्त्री टोप बहादुर रायमाझी र प्यूठान सौतामारे निवासी एमाले नेता सूर्य थापाको विशेष पहलमा दुवै जिल्लालाई समेट्ने गरी सडक निर्माण गर्ने सहमतीपछि योजनाले गति लिएको हो ।

अर्को रुट अन्तर्गत सन्धिखर्क—भण्डार—रतनमारे—गोखुंगा सडक अन्तर्गत २७ दशमलव २६ किलोमिटर सडक कालोपत्र हुने छ । यस रुटका लागि एक अरब ७२ करोड बजेट विनियोजन भएको छ । गोखुंगाहुँदै गएको सडक र सौतामारे मच्छिहुँदै गएको अर्को सडक प्यूठान नगरपालिकाको मरन्ठानामा पुगेर मिसिने छन् । मच्छिदेखि बाग्दुलासम्मको क्षेत्रमा अर्को महत्वपूर्णको योजना बाग्दुला—भिमगिठे सडकले सडक कालोपत्र गर्ने छ । - (बुटवल टुडे)

 


प्रकाशित मिति: आइतवार, श्रावण १५, २०७९, ०७:५५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
रुपन्देहीमा उद्यमी सम्मेलन
आर्थिक
बुटवलको चौराहमा नेपाल बैंकको शाखा
64x64
बिहिवार, कार्तिक १७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
आर्थिक
‘अनाधिकृत व्यापारलाई निरुत्साहित गरौँ’
64x64
बिहिवार, भदौ ३०, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP