बुटवल : संविधानको रक्षाका लागि र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर भन्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले दवावपूर्ण कार्यक्रम गरेको छ । विहिवार बुटवल चौराहचोकबाट बसपार्कसम्म दवापूर्ण ¥याली निकालिएको थियो । अधिवक्ता अधिवक्ता लोकप्रसाद खरेल नेविसंघका केन्द्रीय सदस्यहरु विकास पाण्डे, प्रदिप घर्तीमगर, चिरञ्जीवी वस्याल लगायत दवावपूर्ण कार्यक्रममा सहभागी थिए ।
उनीहरुले संविधानको रक्षा गर्नुपर्ने, अब बन्ने सरकार संविधान बमोजिम बन्नुपर्ने, विदेशी हस्तक्षेप बन्द हुनुपर्ने र राष्ट्रका नाममा राष्ट्रपतिले तत्कालै सम्वोधन गर्नुपर्ने लगायतका माग गरेका छन् । तर, नेवीसंघ रुपन्देहीले गरेको दवावपूर्ण कार्यक्रमलाई नेपाली सेनाले लामोसमय सम्म चल्न दिएको थिएन् ।