प्यूठान : झिमरुक गाउँपालिका–४ सुमन्तेकाना प्यूठानका बावुराम रोका घरका एक्ला छोरा थिए । घरको कमजोर आर्थिक अवस्थाले पढ्ने उमेरमै उनी मजदुरी गर्न भारत गए । कक्षा ६ मा पढ्दापढ्दै घरखर्च धान्नकै लागि भारतमा गएका थिए । भारत आउजाउ ठिकै चलेको थियो । उनकै पौरखबाट अहिले बृद्ध बुवा आमा, दुधे छोरा, श्रीमती र बहिनीहरुको पालनपोषण चलेको थियो । ३२ वर्षिय रोका १४ वर्षदेखि निरन्तर भारत आउजाउ गर्दै आएका थिए ।
तिहारको समय थियो । गाउँघरमा चहलपहल थियो । परदेश गएकाहरू घर फर्किने क्रम चलिरहेको थियो । दाजुभाइ र दिदीबहिनीबीच भाइटीकाको तयारी भइरहेको थियो । घरपरिवारमा पनि चाडपर्वको खुसी र भेटघाटको प्रतीक्षा थियो । तर भाइटीकाको तीन दिनअघि, कात्तिक २२ गते आएको एउटा खबरले त्यो खुसी एकाएक शोकमा बदलियो ।
भारतमा दुर्घटनामा परेर बाबुरामको मृत्यु भएको खबर परिवारसम्म आइपुग्यो । परिवारको भविष्यका लागि वर्षौंदेखि पसिना बगाइरहेका बाबुराम आफैँ कहिल्यै नफर्किने गरी अस्ताए । परिवारको मुख्य सहारा बनेका एक्लो छोराको मृत्युको खबरले वृद्ध बुवाआमा, श्रीमती, भाईवहिनी र नावालक छोराको संसार नै उजाडियो ।
गरिबी र अभावले मानिसका रहर र सपनालाई कसरी बीचैमा रोकिदिन्छ भन्ने उदाहरण बनेका छन् बाबुराम । पढ्ने, लेख्ने र भविष्य निर्माण गर्ने उमेरमै उनी परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी बोकेर भारत पुगेका थिए । भारत आउजाउ गरेर मजदुरी गर्ने उनको दैनिकी सामान्य रूपमा चलिरहेकै थियो । आफ्ना रहर र इच्छाभन्दा परिवारको आवश्यकता ठूलो ठानेका बाबुरामले जीवनका महत्वपूर्ण समय परिवारकै सुख र भविष्यका लागि खर्चिए । उनकै पसिना र मेहनतबाट वृद्ध बुवाआमा, श्रीमती, दुई छोरा र बहिनीहरूको पालनपोषण भइरहेको थियो । परिवारको सवै आर्थिक जिम्मेवारी उनकै काँधमा थियो ।
३२ वर्षीय बाबुराम विगत १४ वर्षदेखि निरन्तर भारत आउजाउ गर्दै मजदुरी गरिरहेका थिए । गाउँघरमा बसेर परिवारसँगै जीवन बिताउने रहर हुँदाहुँदै पनि आर्थिक बाध्यताले उनलाई मुग्लानको बाटो रोज्न बाध्य बनाएको हो । परिवारको खुसीका लागि आफ्ना दुःख र पीडा लुकाउँदै उनी श्रम गरिरहेका थिए ।
जुन उमेरमा बाबुरामले पढ्नुपर्ने थियो, त्यो उमेरमा मजदुरी गर्न बाध्य भए । जुन समयमा परिवारसँगै बसेर चाडपर्व मनाउनुपर्ने थियो, त्यही समयमा परदेशको भूमिमा उनको जीवन अन्त्य भयो । परिवारको जिम्मेवारी पूरा गर्ने सपना बोकेर भारत पुगेका बाबुरामको असामयिक निधनले एउटा परिवारलाई मात्रै होइन, गरिबी र बाध्यताका कारण बाल्यकालमै श्रमको भारी बोक्नुपर्ने हजारौँ नेपालीको पीडालाई समेत उजागर गरेको छ ।
अहिले यो परिवारलाई बावुरामका ढाई वर्षिय छोरा विडित रोका सहित बृद्ध बुवाआमाको पालनपोषण कसरी गर्ने भन्ने पिरलो छ । ६५ वर्षिय बुवा दाम बहादुर रोका आफैं विरामी छन् । २२ वर्षअघि उनीपनि कामकै शिलशिलामा भारतको पञ्जाव लुधियानामा प्रेसरले हानेपछि विरामी परेका हुन् । अहिले निरन्तर औषधी खाइरहन्छन् ।
बावुराम आफु त अस्ताए । तर, अहिले परिवारलाई उनको १३ औं दिनको काजकिरिया कसरी उम्काउने भन्ने पिरलोले सताएको छ । चरम आर्थिक चपेटाबाट गुज्रिरहेका बावुरामका नावालक छोरा, बृद्ध बुवाआमा र श्रीमतीको भविष्यबारे त पविारले सोँच्न समेत सकेको छैन् । यो परिवारलाई सहयोग गरिदिन् गाउँलेहरुले समेत सार्वजनिक अपिल गरिरहेका छन् ।
भारतमा रहेका साथीभाईहरुले सहयोग जुटाएर बावुरामको शव नेपाल ल्याउने व्यवस्था मिलाइएको गुडगाउँमा रहेका झिमरुक ४ उपल्लो बांगेका सूर्य जिसीले बताए ।
- सहयोगी मनहरुलाई परिवार र गाउँलेहरुले बावुरामको नावालक छोरा बिदितको तल रहेको बैंक खाता र क्युआर कोडमा सहयोग गरिदिन् सार्वजनिक अपिल गरेका छन्,
