प्यूठान : कार्तिक सात गतेदेखी झिमरुक गाउँपालिकाको वडा नम्वर ८ स्थित दिहाल्नामा सञ्चालित लालीगुराँस टि २० कप क्रिकेट प्रतियोगिताको उपाधी उपाधी रोयल झूङदी क्रिकेट कलवले हाता पारेको छ ।
शुक्रवार भएको फाइनल खेलमा तुषारा क्रिकेट कलवलाई हराउदै रोयल झूङदिले प्रतियोगिताको उपाधी चुमेको हो । तुषारा क्रिकेट कलव प्रतियोगिताको उपविजेता बनेको छ । विजेता रोयल झूङदी क्रिकेट कलवले प्रमाणपत्र ट्रफी सहित नगद एक लाख गरेको छ । प्रतियोगिताको उप विजेता तुषारा क्रिकेट कलवले प्रमाणपत्र ट्रफी सहित नगद ५० हजार प्राप्त गरेको छ ।
विजेता र उप विजेता टोलीका खेलाडीहरूलाई समापन समारोहमा प्रमुख अतिथि एवं झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पुरस्कार वितरण गरेका छन् ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले खेलाडीको उज्ववल भविष्य सँगै खेलको संस्कृतीको विकास गर्न महत्वपुर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे । उनले युवापुस्तालाई खेलकुदमा जोड्न सकेमात्र खेलकुदको विकास सँगसँगै युवायुवतीको समृद्धिको आधार बन्न सक्नेमा जोड दिए ।
वडा तहमा खेलाडी उत्पादन गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत उनको जोड थियो । खेलकुद पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा स्थानीय सरकारले चासो बढाएको समेत उनले सुनाए । महतरा क्षेत्रीले सबै खालका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति स्थानीय सरकारले लिएको समेत जानकारी गराए ।
दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष तथा समापन समरोहका अध्यक्ष गोविन्द गिरीले दिहाल्नामा आयोजित प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेटको आधार बलियो बनाएको बताए ।
समापन समरोह कार्यक्रममा झिमरुक गाउँपालिका वडा न. ७ का वडाअध्यक्ष कृष्ण बहादुर जिसी, युवा नेता मिलन एमसी, स्थानीय समाजसेवी, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा कुल १७ टिमको सहभागीता रहेको थियो ।