प्यूठान : नेपाल शिक्षक संगठन झिमरुक गाउँपालिका समितिको अध्यक्षमा लाल बहादुर एमसी चयन भएका छन् । शनिवार मच्छिमा सम्पन्न समितिको तेस्रो अधिवेशनले एमसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शालिकराम कुवर, उपाध्यक्ष प्रकास बहादुर बस्नेत, महिला उपाध्यक्ष शान्ता पुन , सचिव हेमन्त पोख्रेल र कोषाध्यक्ष कमल केसी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा गिर बहादुर एमसी, हेमन्ता जिसी, सम्झना एमसी, बुद्ध बहादुर केसी, खिमानन्द गिरी, यशोदा खड्का, सरिता गिरी, रामचन्द्र बस्नेत, देबेन्द्र गिरी, शिब बहादुर महतरा, गणेश जिसी र केशव पोख्रेल चयन भएका छन् ।
समितिको जिल्ला इन्चार्जको रुपमा बिजय सागर गिरी चुनिएका छन् । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा एवं झिमरुक गाउँपालिका इन्चार्ज मिलन एमसीको प्रमुख आतिथ्यता, नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीका संयोजक झक बहादुर जिसी विशेष आतिथ्यता रहेको थियो ।