प्यूठान : झिमरुक गाउँपालिका वडा नम्वर २ मा दलित विपन्न बर्गका महिलाहरूका लागी डलकुसन सिप बिकास तालिम संचालन गरिएको छ । मंगलबारदेखि वडा कार्यालयको सभाहलमा शुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गरेका थिए ।
तालिम उद्घाटन गर्दै अध्यक्ष क्षेत्रीले स्थानीय नागरिकलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मेहनत र लगनशीलताका साथ सीप सिक्न सहभागीलाई आग्रह गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर उद्यमशील बन्नुपर्नेमा समेत उनले जोड दिए ।
१५ दिनसम्म संचालन हुने तालिममा २५ जना महिलाहरु सहभागी छन् । वडाका कार्यवाहक अध्यक्ष बेगम पोख्रेलको अध्यक्षतामा उद्घाटन शत्र सम्पन्न भएको हो ।