बुटवल : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सदस्यमा युवा क्लस्टरतर्फ अमर जि.सी. (हेमन्त) ले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य पदमा युवा क्लस्टरतर्फ रुपन्देही क्षेत्र नं. २ (ख) बाट प्रदेश प्रतिनिधि रहेका जिसीले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्वास्थ्य क्षेत्रको अनुभव, सामाजिक सक्रियता र पार्टी संगठनप्रतिको निरन्तर आबद्धतालाई राजनीतिक नेतृत्वसँग जोड्दै युवाको अर्थपूर्ण प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यसहित जि.सी. प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
युवा अवस्थामै व्यवसायमा लागेर सामाजिक क्षेत्रमा समेत क्रियाशिल जिसीले राजनीतिलाई पनि सँगै लगेर सामाजिक काममै जुट्ने अठोट लिएका छन् ।