बुटवल : नेपाली कांग्रेस ९देउवा पक्ष० को लुम्विनी प्रदेश सभापतीमा सरोज थापा ९रोज राणा० निर्विरोध निर्वाचित भएका छन् । लुम्विनी प्रदेश समितिको सोमवार भालुवाङमा सम्पन्न १५ औं नियमित महाधिवेशनबाट राणा निर्विरोध सभापती निर्वाचित भएका हुन् ।
अन्य पदमा सहमतीको प्रयास जारी रहेको महाधिवेशनमा सहभागी प्यूठानका सभापती देवेन्द्र बर्माले जानकारी दिए । एक सभापती, तीन उपसभापती, तीन महामन्त्री र पाँच सदस्य सहमहामन्त्री सहित १ सय ५१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् । महाधिवेशनको पार्टी सभापती शेर बहादुर देउवाले उद्घाटन गरेका थिए ।
सभापतीमा नवनिर्वाचित रोज राणा लुम्विनी प्रदेशका पूर्व मन्त्री हुन् । उनी प्यूठान निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद् हुन् । सिनेमा क्षेत्रबाट राजनीतिमा छिरेका राणा पछिल्लो समय लुम्बिनी क्षेत्रमा प्रभावशाली युवा नेताको रुपमा चिनिन्छन् । एमाले र कांग्रेसको संयुक्त सरकार हुँदा लुम्बिनी प्रदेशमा उनको नेतृत्वमा कांग्रेस सरकारमा थियो । राणा पार्टी सभापती देउवाका निकटका नेता मानिन्छन् । राणाकै प्रभावका कारण प्यूठानमा देउवा पक्ष बोलियो मानिन्छ ।
उनी पहिलो पटक लुम्विनी प्रदेशमा उद्योग तथा यातायातमन्त्री हुँदा परीक्षार्थीले आफ्नै गाडी चलाएर सवारी चालक अनुमतिपत्रको ट्रायल दिन पाउने व्यवस्था लागू भएको थियो । चालकको आँखाको दृष्टि परीक्षण प्रमाणित चिकित्सकबाट गराउन पाउने व्यवस्था समेत गरिएको थियो ।