पाल्पा : पूर्वी पाल्पा समाज बुटवल रुपन्देहीले दिपावली र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान र छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार समाजले रामपुर नगरपालिका वडा नम्वर ५ बेझार पाल्पामा शुभकामना आदानप्रदानसँगै छात्रावृत्ति वितरण कार्यक्रम गरेको हो ।
रामपुर नगरपालिकामा रहेको राम तुलसी माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललाई नगद ५० हजार रुपैयाँ समाजले हस्तान्तरण गरेको छ । छात्रवृत्ति रकमसँगै समाजले विभिन्न शैक्षिक सामग्रीहरु समेत विद्यालयलाई प्रदान गरेको समाजका महासचिव गणेश सेढाइँले जानकारी दिए ।
समाजले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको अध्यक्ष वृन्दा भट्टराई आचार्यले जानकारी गराइन् ।

कार्यक्रममा समाजका अध्यक्ष वृन्दा भट्टराई आचार्यको अध्यक्षता, लुम्विनी प्रदेश सरकारका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र रामपुर नगरपालिकाका नगरप्रमुख रमण थापाको विशेष आतिथ्यता रहेको थियो । विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, नगरपालिकामा रहेका १० वटै वडाका माध्यमिक विद्यालयका प्रधानाध्यापक, स्थानीय लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
पूर्वी पाल्पाबाट विभिन्न पेशा, व्यवसायसँगै बसाइँसरेर आएका नागरिकहरुले बुटवलमा समाजको गठन गरेका हुन् । समाजले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको अध्यक्ष वृन्दा भट्टराई आचार्यले जानकारी गराइन् ।