बुटवल : मेडिकल व्यवसायको क्षेत्रमा क्रियाशिल व्यवसायी गणेशप्रसाद सेढाई बुटवल उद्योग वाणिज्य संघको चुनावी मैदान छन् । उनले संघको खुल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
व्यवसायको हित समृद्ध बुटवलको मुल आधार सहित टंक प्रसाद गैरेको प्यानलबाट सेढाईले उम्मेदवारी दिएका हुन् । संघको निर्वाचन आज (सोमवार) हुँदैछ । सेढाई आहाना फार्माका संचालक हुन् ।