प्यूठान : गौमुखी गाउँपालिका प्यूठानमा विशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शनिवार गौमुखी आधारभूत अस्पताल पुँजा लिवासेमा संचालन गरिएको शिविरमा ५ सय ५० बढी सेवाग्राहीहरुले प्रत्यक्ष सेवा लिएका छन् । शिविर सञ्चालनका लागि बुटवल र प्यूठानबाट विशेषज्ञ चिकित्सकसहितको टोली पालिकामा पुगेको थियो ।
-1795880006.jpeg)
लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. बुटवल र निमतारा पोलिक्लिनिक विजुवार प्यूठानको प्राविधिक सहयोगमा गौमुखी गाउँपालिकाले शिविरको आयोजना गरेको हो । पालिकाले प्रत्येक वर्ष दुर्गम क्षेत्रका नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यले बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ ।
-1795880006.jpeg)
सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रामीण भेगमा संचालन हुने स्वास्थ्य विशेषज्ञ सहितका चिकित्सकहरुलाई लगेर शिविरमा सहयोग गर्दै आइरहेको लुम्विनी सिटी अस्पतालका संचालक राधा विष्टले जानकारी दिइन् । विभिन्न रोगका विशेषज्ञ चिकित्सक, नर्सिङ, फार्मेसी, फिजियोथेरापी तथा अन्य स्वास्थ्यकर्मी गरी १५ जनाको स्वास्थ्य टोली शिविरमा पुगेको हो ।

छाती रोग विशेषज्ञ डा. श्रीजन पन्त, मानसिक रोग विशेषज्ञ डा.एन्जील क्षेत्री, अर्थोपेडिक सर्जन डा.सन्तोष भट्टराई, फिजिसियन डा.सुवाश जिसी, बेस्ट, अर्थो तथा जनरल सर्जन डा. सञ्जय पाण्डे र डा.रशमी वैदवार क्षेत्री सहितको चिकित्सकको टोलीले विरामीलाई सेवा दिएको थियो ।