Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
  • Home
  • News
  • खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने
64x64
शुक्रवार, माघ १६, २०७७ विनोद खड्का

प्यूठान : पवित्र धार्मिक एवं पवित्र तिर्थस्थल स्वर्गद्धारीमा वर्षौदेखि भइरहेको खानेपानी समस्यालाई समाधान गर्ने निर्णय भएको छ । विहिवार आश्रम परिसरमा खानेपानी मन्त्री मणिचन्द्र थापाको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले योजनाको विस्तृत अध्ययन प्रक्रिया तत्कालै अघि बढाउने निर्णय गरेको हो ।

प्यूठान निवासी नेकपा नेता समेत रहेका मन्त्री थापा, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मिना श्रेष्ठ, उपमहानिर्देशक सूर्यराज कँडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका प्रमुख सालिकराम पौड्याल लगाएत लगाएत बैठकमा सहभागी भएका थिए ।

२०७२ सालमा गएको भूकम्प र सडक निर्माणका कारण स्वर्गद्धारी नगरपालिका १ कोचिवाङबाट स्वर्गद्धारीमा पु्याइएको खानेपानी योजना सुक्दै जाँदा समस्या भइरहेको छ । आश्रमका कोठाहरी तामुप्रसाद न्यौपानेका अनुसार स्वर्गद्धारी मन्दिर पसिरमा दिनप्रतिदिन खानेपानीको समस्या बढ्दो छ । ‘वरिपरि पानीका मुहान पनि छैनन्’,न्यौपानेले भने,‘लिफटिङबीना पानी ल्याउने अरु विकल्प छैनन् ।’

उनले कोचिवाङस्थित कुंग्रीखोलादेखि तीन किलोमिटर दुरीबाट ल्याएको पानीको मुहान सुक्दै जान थालेको बताए । आश्रमका गाई र भक्तजनका लागि खानेपानीको समस्या बल्झिदै गएको छ । स्वर्गद्धारी कोचिवाङ सडक निर्माणले समेत पानीको मुहान सुक्नेक्रम थप बढ्दै गएको न्यौपानेले बताए । मन्त्रीस्तरीय बैठकबाट आश्रममा खानेपानी समस्याको समाधान गर्ने निर्णयले आश्रम परिवारलाई खुसी बनाएको उनले सुनाए ।

जोडिएका बस्तीसहित आश्रमको खानेपानी समस्या समाधानका लागि खानेपानी मन्त्रीलाई पटक पटक आग्रह गरिएको स्वर्गद्धारी नगरपालिका मेयर नेत्र बहादुर रोकायले बताए । स्थानीय सरकारको बजेटबाट आश्रममा खानेपानी योजना संचालन गर्न संभव नभएपछि संघीय सरकारसँग माग गरिएको उनको भनाई छ । आश्रम सहित कोचिवाङ, भिंगृ लगाएतका बस्तीहरुमा समेत खानेपानीको समाधान गर्न पहल गर्ने मन्त्रीले आश्वासन दिइएको उनले सुनाए । उनका अनुसार स्वर्गद्धारी आश्रममा माडीखोलादेखि लिफटिङ गर्ने योजना बैठकले अघि सारेको छ । माडीखोलाबाट आश्रमको दुरी १ हजार सात सय मिटर छ ।

प्राविधिक टोलीले योजनाको विस्तृत अध्ययन गर्ने निर्णय भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका डिभिजन प्रमुख आबित हुसेनले जानकारी दिए । ‘दुरीका हिसावले यो धेरै लामो छ’,उनले भने,‘मन्त्री ज्यू स्वय उपस्थित भएर निर्णय गर्नुभएको छ । क्रमागत रुपमा योजना अघि बढाउने आश्वास पाएका छौ ।’ संभव भए चालु आर्थिक वर्ष र समय नपुगे अर्को वर्षसम्म खानेपानी योजना पुरा गरेरै छाड्ने मन्त्री थापाले बताएका छन् । -आजको बुटवल टुडेमा खवर छ ।

 


प्रकाशित मिति: शुक्रवार, माघ १६, २०७७, १०:१२:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
मुख्यमन्त्री राइको विवाह हुँदै
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री
पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै
64x64
शुक्रवार, पुष १०, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
भिजिविलिटी नपुग्दा भैरहवा–काठमाण्डौँ उडान ठप्प
64x64
शनिवार, पुष ४, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP