झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकाको अध्यक्षमा ४ सय ६९ मतको अन्तरले नेकपा माओवादी केन्द्रका उमेदवार पित बहादुर एमसी अगाडी देखिएका छन् । एमसीले २ हजार ५ सय ८० र प्रतिस्पर्धी राजमोका टिका बहादुर जिसीले २ हजार १ सय ११ मत लिएका छन् । हालसम्म ५ हजार ८९ मत गणना भइसकेको छ । आठ वडामध्ये १, २ र ३ वडाको मतगणना सकिएको छ । तीन वडामा तीन पार्टीले जितेका छन् । १ मा एमाले, २ मा कांग्रेस र ३ मा राजमोले जितेका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोखरेल अगाडी छन् । उनले २ हजार ४ सय ७६ मत लिएका छन् भने प्रतिस्पर्धी एमालेकी विष्णा घर्तीमगरले १ हजार ९ सय २१ मत लिएकी छिन् । उनीहरुबीचको मतान्तर ५ सय ५५ छ । वडा नम्वर ४ को मतगणना जारी छ । अझै चार वटा वडाको गणना शुरु भएको छैन् ।