झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नम्वर ४ मा राष्ट्रिय जनमोर्चाका सिताराम पोखरेल विजयी भएका छन् । सोमवार आएको मतपरिणाम अनुुसार पोखरेल ५ सय २२ मतको अन्तरले विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका भरतविक्रम जिसीले ३ सय ६० मत लिएका छन् । विजयी भएका पोखरेल निवर्तमान वडा अध्यक्ष हुन् ।