बुटवल : लायन्स क्लव अफ बुटवल स्मार्ट सिटिको अध्यक्षमा हिमाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । शनिवार बुटवलमा आयोजित कार्यक्रमबाट श्रेष्ठ लायन्स बर्ष २०२५÷२६ का अध्यक्षमा निर्वाचित भएका हुन । क्लबका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जीवन कुमार श्रेष्ठले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा क्लवलाई नमुना बनाउने गरी सामाजिक कामहरु गर्ने प्रतिवद्धता जनाएका छन । सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि सवैमा उनले आग्रह समेत गरे ।
क्लवको नवनिर्वाचित प्रथम उपाध्यक्षमा डिल्लिराज ढकाल, द्वितीय उपाध्यक्षमा जीवन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा सेराज मिया, सचिबमा प्रज्वल अर्याल, कोषाध्यक्षमा बिनय कसौधन सर्वसम्मत निर्वाचित भएको छन । सह–सचिवमा अरुन गुप्ता, सह–कोषाध्यक्षमा रमेश लम्साल, टेल टुइस्टरमा जीवन खनाल र टेमरमा अमरराज बस्याल पिआरओमा प्रदिप भट्टराई निर्वाचित भए ।
निर्वाचन आयुक्त सागर शर्मा, सस्थापक अध्यक्ष सुरेन्द्रमान भारी पूर्व अध्यक्ष खेम बहादुर थापाले शुभकामना व्यक्त गर्दै क्लबले लायन्स अन्तरास्ट्रियको मर्म अनुरुप सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रसंसा गर्दै बधाई दिए । क्लवका सस्थापक अध्यक्ष सुरेन्द्रमान भारी र पूर्व अध्यक्ष खेम बहादुर थापा डिष्ट्रिक चिफमा मनोनित भएकोमा क्लवले उनीहरुलाई बधाई समेत ज्ञापन गरेको थियो ।