मदाने (गुल्मी) : मदाने गाउँपालिका गुल्मीमा नेपाली कांग्रेस १० मतको अन्तरले विजयी भएको छ । कांग्रेसका उमेदवार महेन्द्र कुवँरले ४ हजार ७ सय ७ र प्रतिस्पर्धी एमालेका प्रेम केसीले ४ हजार ६ सय ९७ मत लिएका छन् ।
तर, उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी भएकी छिन् । उनी यसअघि पनि गाउँपालिका उपाध्यक्ष थिइन् । उनले ४ हजार ५ सय ६५ र माओवादीका बेगम चन्द बोहराले ४ हजार २ सय ११ मत लिए । गाउँपालिकामा ७ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेस र दुई वडामा एमाले विजयी भएको छ ।