प्यूठान : पछिल्लो तीन वर्षमा जिल्ला अस्पताल विजुवार प्यूठानमा सुत्केरी हुने महिलाको संख्या चार हजार नाघेको छ । तीन वर्षमा जिल्लाका विभिन्न क्षेत्रका गरी कुल चार हजार ५ सय जना महिलाहरु सुत्केरी भएको प्रसूती विभागमा कार्यरत एमडीजिपी डाक्टर सन्तोष केसीले बताए ।
आर्थिक वर्ष |
सुत्केरी महिलाको संख्या |
२०७६÷७७ |
१५१९ |
०७७÷०७८ |
१५०७ |
०७८÷०७९ |
१४०४ |
स्रोत : प्यूठान अस्पताल
सुत्केरी भएकामध्ये ६ सय ६७ जनाको सल्यक्रियाको माध्यमबाट बच्चा निकालिएको उनले जानकारी दिए । एक सय १ जनालाई भ्याकुमको माध्यमबाट सुत्केरी गराइएको छ । सुत्केरी गराउन रिफर हुनेको संख्यामा कमी आएको उनले दाबी गरे ।
चालु आर्थिक वर्षमा नौ सय सय २६ जना बच्चाहरु सकुसल जन्मिएको प्रसुती विभाग प्रमुख स्टाफ नर्स सावित्रा गौतमले बताइन् । अस्पतालमा एनआईसीयु सेवा नहुँदा केही असजता भइरहेको उनको भनाई छ । आर्थिक वर्ष २०७८÷०७९ मा २० वर्ष कम उमेर समूहका २ सय ६० जना, २० देखि ३४ वर्ष उमेर समूहका १ हजार ३ सय ८६ जना र ३५ वर्षमाथी उमेर समूहका ६१ जना सुत्केरी भएको गौतमले सुनाइन ।
अस्पतालमा निक साइमन संस्थाले सहयोग गर्दै आएको छ । आठ जना सरकारी डाक्टर यहाँ दरबन्दी छ । तर, सरकारी डाक्टर एक जना पनि छैनन् । निक साइमन संस्थाले सहयोग गर्न छोडेमा प्यूठान अस्पतालको भविष्य के होला ? प्यूठानीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।