बुटवल : नेपाल सरकारका शाखा अधिकृत यादव भण्डारीको शव फेला परेको छ । रसुवाको भोटेकोशी बाढीमा परेर वेपत्ता भएका ३७ वर्षिय भण्डारी रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतको रुपमा कार्यरत थिए । गुल्मीको सत्यवती गाउँपालिका निवासी भण्डारीको परिवार बसाईसरेर नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ मा आएका थिए ।
उनको शव नवलपरासीमा फेला परेको प्रहरीले जनाएको छ । दाजु चुडामणी भण्डारीले शवको पहिचान गरेका हुन् । यसअघि भण्डारी सत्यवती गाउँपालिका गुल्मी लगायत पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत कार्यरत थिए ।