प्यूठान : शेर बहादुर नेतृत्वको नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनका लागि प्यूठानस्थित सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । विहिवार विजुवारस्थित खेलकुद मैदान नजिक कार्यालय उद्घाटन गरिएको हो ।
नेपाली कांग्रेसका प्यूठान क्षेत्र नम्वर २ का क्षेत्रिय सभापती एवं लुम्विनी प्रदेश सरकारका पूर्व मन्त्री सरोज थापा (रोज राणा)ले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनमा बोल्दै पूर्व मन्त्री राणाले पार्टी जीवनको महत्वपूर्ण कामको रुपमा महाधिवेशनलाई हेरिने भएकाले १५ औं महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन सवै नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले कांग्रेसको चुनाव चिन्ह रुखको को सँग छ भन्नेहरुलाई अदालतको ढोकामा छ भनेर जवाफ दिन समेत कार्यकर्ताहरुलाई आग्रह गरे ।