बुटवल : बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण गर्नका लागि शनिवारदेखि दिउँसो र रातमा गरी दैनिक आठ घण्टा सडक अवरुद्ध हुने भएको छ ।
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सार्वजनिक सूचना जारी गरी सडक अवरुद्ध हुने जनाएको हो । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर ३ स्थित सिद्धार्थ राजमार्गको रामपिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको काम शुरु भएकाले सडक अवरुद्ध हुने योजना कार्यालयले जनाएको छ ।

२०७९ फागुन १३ देखि २७ गतेसम्म विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राती १० बजेदेखि विहान ३ बजेसम्म सडक अवरुद्ध हुने छ । पाल्पातिरबाट बुटवल आउने सवारीहरु जडीबुटीचोक, सत्यवती जाने बाटो, तिनाउ, गाउँपालिका वडा नम्वर ३ मा र बुटवलतर्फबाट आउने सवारीसाधनहरु चिडियाखोला तल्लो सिद्धबाबा मन्दिर क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ । रोकिएका सवारीहरु अनवाश्यक रुपमा ओभरटेक गर्ने काम गरेमा नियमानुसार कारवाही गरिने कार्यालयले जनाएको छ ।