प्यूठान : झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अब महिलाहरु चुलो चौकोमा मात्र सिमित नभएर समाज रुपान्तरणको अभियानमा अगाडी बढ्नुपर्ने बताएका छन् । बुधबार झिमरुक गाउँपालिकाले आयोजना गरेको ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा गरेको पालिका स्तरीय लोकगित तथा नृत्य प्रतियोगितामा शुभकामना ब्यक्त गर्दै अध्यक्ष एमसीले आधा आकाश ढाकेका महिलाहरु हरेक काममा सक्षम भएकोले ढुक्क भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । महिला र पुरुषको एकता बिना समाज रुपान्तरण हुन नसक्ने भन्दै सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको जोड थियो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले मुलुकमा महिलाहरुको अधिकार प्राप्त भएकोले महिलाहरु स्वतस्फूर्त रुपमा अगाडि बढ्नुपर्ने बताए ।
गाउँपालिकाले आयोजना गरेको लोकगित तथा नृत्य प्रतियोगितामा पालिकाभरीबाट २४ समूह सहभागी छन् ।