Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
समाज
  • Home
  • News
  • बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि बादर नफर्किने !!
बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि बादर नफर्किने !!
64x64
मंगलवार, असार ९, २०७७ आजको पोष्ट

कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएका हुन् । उनको आविष्कारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

उनले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा किन्न पाइन्छ । यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एकपटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने दाबी गरिएको छ । स्थानीय प्रशासनले समेत यो उपकरण प्रभावकारी देखिएको जनाएको छ । स्याङ्जाका विभिन्न स्थानीय तहमा उक्त यन्त्रको परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि नगरपालिका तथा जिल्ला प्रशासनले नै अभियानको रुपमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गर्न थालेको छ ।

यन्त्रका आविष्कारक भविश्वर कोइरालाले अनुमति दिएपछि काठमाडौंमा रहेको महावीर पुनको आविष्कार केन्द्रले पनि उक्त यन्त्रको उत्पादन सुरु गरेको छ । बाँदरले सताएपछि किसानको खेतीबालीमा बाँदरले दुःख दिएको विषयमा भविश्वरले हरेक दिन समाचार हेर्थे र सुन्थे । उनकै जन्मस्थान भिरकोट नगरपालिका ७ बलमता मर्तमासमा पनि बाँदरले निकै दुःख दिन्थ्यो । बाँदरले कृषक आतंकित भएका जिल्लामध्ये स्याङ्जा पनि एक हो । बाली खाएर तथा नखाएका बाली टिपेर मिल्काउने बाँदरबाट छुट्कारा पाउने उपाय निकालेर देशभरका कृषकलाई राहत दिन चाहन्थे भविश्वर । ‘वन कानुनअनुसार बाँदर मार्न, समाउन वा घाइते बनाउन पाइन्न, तर बाली नष्ट गरेर किसानलाई निकै दुःख दिइरहेको थियो,’ कोइरालाले भने । लकडाउनको फुर्सदमा बाँदरलाई हानि नपुर्याई भगाएर किसान खुसी बनाउने सूत्र खोजी गर्ने काममा आफूले सफलता पाएको उनले सुनाए । यन्त्रको प्रयोग गरेर धपाइएको बाँदर दोहोर्याएर सो क्षेत्रमा नआएको उनको दाबी छ । यसरी बन्यो यन्त्र स्याङ्जा भिरकोट नगरपालिकाका भविश्वर कोइरालालाई बाँँदर धपाउने उपाय खोज्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । उमेरले ४२ वर्ष पुगेका उनको मोटर ग्यारेज र हार्डवेयर व्यवसाय छ । जिल्ला प्रशासन कार्यालयले उक्त यन्त्र बाँदर तर्साउन र भगाउन उपयोगी भएको तथा हतियारको रुपमा प्रयोग गर्ने जोखिम नरहेको बताएको छ लकडाउनका कारण व्यवसाय ठप्प भएपछि उनले बाँदर धपाउन केही मेसिन बनाउन सकिन्छ कि भनेर ग्यारेजमा सामानहरू खेलाउन थाले । यूपीभीसी पाइपलाई बन्दुक आकारको बनाएर झण्डै डेढ महिनाअघि कोइरालाले पेट्रोल हालेर पहिलो परीक्षण गरे ।

६ किलो प्रेसरको यूपीभीसी पाइपमा आर सर्केट, कप्लर र इन्क्याप फिटिङ गरेर उनले बन्दुकको आकार दिएका थिए । सो मेसिनमा कोइरालाले लाइटरबाट आगो लगाए, तर यन्त्र पड्केन । जब उनले पेट्रोलको साटो यन्त्रमा कार्बाइड हालेर पुच्छरमा आगो लगाए, त्यो जोडले पड्कियो । भविश्वरका अनुसार २० वटा बन्दुक पड्काए जत्रो आवाज एउटै यन्त्रले निकाल्यो । त्यसपछि उनले सिके कि कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ तर यसबाट कुनै बारुद, छर्रा वा गोली निस्किँदैन । ग्यारेजमा गरेको यो अभ्यासपछि भविश्वरले पहिलोपटक बाँदर आएको बेलामा गाउँमा यन्त्रको प्रयोग गरे । ‘बाँदरहरू यसरी भागे कि दोहोर्याएर यन्त्र पड्काएको ठाउँमा आउने हिम्मत नै गरेनन्,’ भविश्वरले भने । यन्त्रको तौल एक किलो पनि नहुने र यसले कुनै खालको असुरक्षा ननिम्त्याउने पनि कोइरालाको दाबी छ । कृषकलाई सित्तैमा वितरण वैशाख अन्तिम सातातिर भविश्वर गाउँमै थिए ।

आफ्नो वरपर बाँदर धपाउन उनले यन्त्रको सफल परीक्षण गरिसके पनि बाहिर चर्चा भएको थिएन । एकदिन प्रमुख जिल्ला अधिकारी, जिल्लाका स्थानीय तहका प्रमुखहरूसहितको एउटा बैठक उनको घर नजिकको अस्पतालमा थियो । सोही बैठकमा त्यस क्षेत्रमा भएको बाँदर आतंकबारे चर्चा भएपछि भविश्वरले आफूले बाँदर धपाउने यन्त्र बनाएको सुनाए । त्यसपछि जिल्लाका उच्च तहका मान्छेले उनलाई यन्त्र देखाउन आग्रह गरे । उनले घरबाट यन्त्र ल्याएर सबैका अगाडि प्रयोग गरेर देखाए । स्थानीयले पनि उक्त यन्त्रका कारण बाँदरले गाउँ छाडेको कुरा गरेपछि सीडीओ, नगर प्रमुख तथा प्रहरी प्रमुखले यन्त्रको बनावट, सुरक्षा र लागतबारे चासो लिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले उक्त यन्त्र बाँदर तर्साउन र भगाउन उपयोगी भएको तथा हतियारको रुपमा प्रयोग गर्ने जोखिम नरहेको बताएको छ । ‘मानिसलाई हानि नगर्ने तर बाँदर तर्साउन उपयोगी भएपछि जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरूबाट यन्त्रको माग भएको छ,’ कोइरालाले भने । उनको यन्त्रलाई वालिङ नगरपालिकाले उपयोगी र सुरक्षित भनेर किसानलाई सिफारिस समेत गरेको छ । पहिलो यन्त्र निर्माणको डेढ महिना अवधिमा जिल्लाका धेरैजसो स्थानीय तहले आफूसँग यन्त्र किनेर कृषकलाई सित्तैमा बाँडेको कोइरालाले बताए । उनले बनाएको यन्त्र ठूलो, मझौला र सानो गरी तीन प्रकारका छन् । मूल्य क्रमशः तीन हजार पाँच सय, तीन हजार र दुई हजार रुपैयाँ पर्ने कोइरालाले जानकारी दिए ।

बाँदर बसाइँ सरे बाँदर भगाउने यन्त्रले निकै राम्रो काम गरेको स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सीमा कुमारी क्षत्रीले अनलाइनखबरसँग बताइन् । ‘बाँदर लाग्ने क्षेत्रमा उक्त यन्त्रको प्रयोगपछि बाँदरहरू बसाइँ सरेको र कृषकलाई राहत मिलेको पाइयो,’ उनले भनिन् । कृषकले वर्षौंदेखि बाँदरबाट खेपेको हैरानी तोड्न यन्त्रले काम गरेपछि नगरपालिकाले किनेर कृषकलाई बाँडेको पनि मेयर क्षत्रीले बताइन् । नगरले वन्यजन्तु व्यवस्थापन शीर्षकमा छुट्याएको बजेटमार्फत बाँदर धपाउने यन्त्र किनेर कृषकलाई बाँडेको मेयर क्षत्रीको भनाइ छ । जिल्लाको भिरकोट, वालिङलगायतका स्थानीय तहले पनि यन्त्र खरिद गरेर लगेको कोइरालाले बताए ।


प्रकाशित मिति: मंगलवार, असार ९, २०७७, ०८:३०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित
सम्पदा र झिमरूक
सम्झौतामा बिहे
समाज
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित)
64x64
शुक्रवार, कार्तिक १४, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
समाज
अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन्, सांसद र पिएलाई दसैँ भत्ता वितरण
64x64
शनिवार, कार्तिक १, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP