बुटवल : वामपन्थी पृष्ठभूमीका नेताहरु संगठित भएर जनयुग पार्टीको स्थापना गरेका छन् । असोज २४ र २५ गते काठमाण्डौँमा भएको भेलाले पूर्व सांसद् एवं प्यूठानी नेता नवराज सुवेदीको नेतृत्वमा उक्त पार्टीको स्थापना गराएका हुन् ।
नवगठित पार्टीको सचिवमा प्यूठानकै नेता एवं अधिवक्ता विमल पोखरेल चयन भएका छन् । सुवेदी र पोखरेल राष्ट्रिय जनमोर्चा पृष्ठभीका हुन् । पार्टीको केन्द्रीय समिति ३२ सदस्यीय रहेको छ ।
संयोजक सुवेदी २०५१ र ५६ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युुठानबाट निर्वाचित सांसद हुन् भने साउदी अरबका लागि नेपाली राजदूतसमेत भएका व्यक्ति हुन् । पछिल्लो समयमा उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिए ।
अधिवक्ता समेत रहेका पोखरेल राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल (छैंठौ)का पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनी झिमरुक गाउँपालिका १ प्यूठान निवासी हुन् । आम नागरिकका मुद्दामा राज्यको ध्यानाकर्षण हुने गरी उनले सर्वोच्चमा रिट दायर गरेर चर्चामा आउने गरेका छन् ।
नवगठित सो पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायत नागरिकको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको ठहर गर्दै देशमा सुशासन, पारदर्शिता र अधिकतम स्रोतहरुको परिचालन र व्यवस्थापन गरी गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गर्न र रोजगारी प्रबर्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
‘देशलाई आर्थिक रुपले बलियो बनाउन सरकार, निजी क्षेत्र र समुदाय तीन पक्ष परिचालित हुनु आवश्यक छ । त्यसका लागि आर्थिक विकासका क्षेत्रहरु पहिचान गरिनुपर्दछ । जलविद्युत, पर्यटन, कृषि, जैविक खेती, प्रशोधन उद्योग, पशुपालन, सहकारी प्रणाली र आधुनिक प्रविधिलाई अपनाउन जोड दिइनुपर्दछ ।
घरेलु, मझौला र ठूला उद्योग वर्गीकरण गरी सञ्चालन गर्नुका साथै स्टार्टअप हब अगाडि बढाउन विशेष जोड दिन्छ’ वक्तव्यमा उल्लेख छ । पार्टीले विगतमा भएका अनगिन्ती काण्डहरुको निष्पक्ष छानबिन गरी आयस्रोत भन्दा बढी सम्पत्ति जफत गर्न र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।
वैज्ञानिक उत्पादन प्रणाली, परम्परागत ज्ञान र सीपको प्रवद्र्धन र नवप्रवर्तनमाथि जोड दिँदै युवा शक्तिको विदेश पलायन रोकी देशमै स्वरोजगार वृद्धि, युवाहरूलाई नीतिगत र नेतृत्व तहमा सशक्त बनाउन, राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने दिशामा तत्काल काम सुरु गर्न पार्टीले माग गरेको छ।
को को छन् पार्टीमा ?
१. संयोजक: नवराज सुवेदी (प्यूठान/ललितपुर)
२. सचिव: विमल पोखरेल (प्यूठान)
३. सदस्य: डा. लछी सिंह (कञ्चनपुर)
४. ठाकुर पोखरेल (काठमाडौं)
५. गणेश लोहार (वैतडी)
६. डा. अमृत भुसाल (अर्घाखाँची)
७. आह्वान श्रेष्ठ (भक्तपुर)
८. कृष्ण अर्याल (गुल्मी)
९. कुलचन्द्र पोखरेल (प्यूठान)
१०. रामचन्द्र पोखरेल (काठमाडौं)
११. उपेन्द्र अधिकारी (दोलखा)
१२. पुरुषोत्तम गजुरेल (नुवाकोट)
१३. रीता पोखरेल (मोरङ)
१४. विमला कार्की (धनकुटा)
१५. रविन्द्र सिंह (ललितपुर)
१६. उत्तम शर्मा (बाग्लुङ)
१७. सुभद्रा क्षेत्री रावत (सिन्धुली)
१८. बरुणध्वज मल्ल (प्यूठान)
१९. कृष्णप्रसाद भुसाल (अर्घाखाँची)
२०. सुनिता कुँवर (धादिङ)
२१. सिर्जना सुवेदी (जुम्ला)
२२. सचन विश्वकर्मा (सिन्धुली)
२३. इन्द्र कँडेल (कैलाली)
२४. दीपक रोका (प्यूठान)
२५. जीवराज बस्नेत (दाङ)
२६. राजु पौडेल (रुपन्देही)
२७. सुमन आचार्य (चितवन)
२८. नवीन पाण्डे (सुनसरी)
२९. गणेश थापा (रुपन्देही)
३०. सरोजमान सिंह (बाग्लुङ)
३१. नवीन केसी (प्यूठान)
३२. शान्ता पोखरेल (रुपन्देही)