Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
विशेष खोज
  • Home
  • News
  • विपत पर्दा ‘जाग्छन्’ अरुबेला ‘निदाउँछन्’ स्थानीय सरकार
विपत पर्दा ‘जाग्छन्’ अरुबेला ‘निदाउँछन्’ स्थानीय सरकार
64x64
मंगलवार, पुष ८, २०७६ केशरराज क्षेत्री
  • छैन् विपत पूर्वतयारी योजना

प्यूठान : जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहले अहिलेसम्म विपत पूर्वतयारी योजना बनाएका छैनन् । निर्वाचित भएको दुई वर्ष वितिसक्दा समेत उनीहरुले यसतर्फ चासो देखाएका छैनन् । विपतको समयमा मात्र स्थानीय सरकारका प्रतिनिधी तछाडमछाड गर्छन् । तर, अरुबेलाको समयमा उनीहरुले बेवास्ता गरेको पाइएको छ । २०७६ साउनमा गुल्मीको सत्यवती गाउँपालिका ठूलोलुम्पेकमा पहिरो जाँदा एकै गाउँका १३ जनाले ज्यान गुमाए । परिवारको विचल्ली भयो । धेरै जना घरबार विहिन भए । उनीहरुको बस्ने, खाने ठाउँ अझैसम्म छैन् । उक्त गाउँ पहिरोको जोखिममा रहेको कुरा पहिरो गएपछि मात्र विज्ञहरुले बताए । पहिरो जानुअघि नै त्यहाँ पहिरो जान सक्छ कि भनेर कसैले अध्ययन, अनुसन्धान गरेनन् ।

फाइल तस्विर :  गत साउनमा गुल्मीको सत्यवती गाउँपालिकास्थित ठूलोलुम्पेकमा गएको पहिरो ।

गाउँपालिकामा जनप्रतिनिधी चुनिएको दुई वर्ष वितिसकेको छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धी कानूनले स्थानीय तहको विपत व्यवस्थापन कानून र कार्ययोजना बनाउने जिम्मा स्थानीय सरकारलाई दिएको छ । यस्तो कानुन र कार्ययोजना बनाउन संघीय गृह मन्त्रालयले स्थानीय निकायलाई निर्देशन पनि दिएको छ । तर स्थानीय सरकार कानमा तेल हालेर बसेका छन् । उनीहरु पहिरोले गाउँ सखाप पारेका बेला मात्र जाग्छन् । जनताले दबाब दिएपछि बल्ला स्थानीय सरकार चासो देखाएर काम गरेजस्तो गर्छन् ।

कानूनले प्रत्येक स्थानीय तहमा ‘विपत व्यवस्थापन कोष’ खडा गर्न भनेको छ तर प्रदेश ५ का ९० प्रतिशत स्थानीय सरकारले यसो गरेका छैनन् । बाढीपहिरो, आगलागी लगाएतका विपत आइलागेपछि मात्र कोष बनाउन अघि सर्छन् । सत्यवती गाउँपालिकामा पनि विपत व्यवस्थापन कोष थिएन् । पहिरोले गाउँ पुरिएपछि मात्र गाउँपालिले कोष संचालन गरेको छ । ‘कोषमा अहिले डेढ करोडजति रकम संकलन भएको छ’, प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले भने,‘५० लाख गाउँपालिकाले राखेको छ । बाँकी सहयोगदाताले दान दिएका हुन् ।’ पहिरोले पीडा दिँदा पनि यो गाउँपालिका अझै सचेत भएको छैन् । गाउँपालिकाले विपत पूर्वतयारी सम्वन्धी योजना अझै नबनाएको भण्डारीले बताए । ‘समिति गठन त गरेको छौँ । उद्दारका सामग्री किनेका पनि छौँ । तर योजना बनेको छैन्’ भण्डारीले बताए ।

गाउँ तथा नगरपालिका र वडा स्तरमा समेत विपत व्यवस्थापन समिति गठन गर्न भनेको छ । जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले समिति गठन र कार्ययोजना बनाउन भने । तर, यसको पालना कसैले गरेका छैनन् । जसोतसो समिति गठन गरेर बसेका गाउँ तथा नगरपालिकाले आफ्नो क्षेत्रको विस्तृत विपत पूर्वतयारी योजना बनाएका छैनन् । वडा तहमा समेत समिति विस्तार छैन् ।

०७६ मंसीर १७ गते गुल्मीबाट बाग्लुङको निसिखोला हिडेको जिप बडीगाड खोलामा दुर्घटना भयो । घटनास्थलमै १४ जना र उपचारको क्रममा १ जना गरी १५ जनाको मृत्यु भयो । जिप खोलामा खसेपछि घाइतेको तत्कालै उद्दार भएन ।
गाउँपालिकाले गाडी दुर्घटना हुँदा उद्दार कसरी गर्ने भनी योजना बनाएर सोही बमोजिम तयारी गरेको भए यस्तो हुने थिएन । तर दुर्घटना भएको ठाउँको बडीगाड गाउँपालिकाले यस्तो योजना बनाएको छैन् ।

‘यस्ता घटना हुँदा उद्दार गर्ने जनशक्ति तयार पारेका छैनौँ । डुंगा चलाएर उद्दार गर्ने विचार गरेका थियौँ तर त्यसो गर्न सकिएन,’ गाउँपालिका अध्यक्ष मेहरसिँह पाइँजाले भने । विपतमा कसरी उद्दार गर्ने भन्ने बारेमा कर्मचारीले तालिम लिएका भए पनि व्यवहारमा लागू नगरेको कुरा अध्यक्ष पाइँजाले बताए । पाइँजाका अनुसार, दुर्घटना भएपछि भने विपतमा उद्दार गर्न योजना बनाउन पाए हुन्थ्यो जस्तो लागेको छ ।

स्थानीय सरकार बनेयता प्यूठानको गौमुखी गाउँपालिका क्षेत्रमा चट्याङ लागेर ३ र पहिरोले पुरिएर १ गरी चार जनाको ज्यान गयो । गाउँपालिका विपत व्यवस्थापन समिति गठन गरेर बसेको छ । तर, अहिलेसम्म देखिने गरी कुनै काम गरेको छैन् । गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले स्वीकारे । उनले भने, प्राविधिक ज्ञानका हिसावले हामी अलि पछाडी भयौँ । यसवर्ष यसका लागि ४ लाख बजेट छुट्याएर काम गर्न थालेका छौँ ।

यस बजेटबाट सवै वडामा विपत पूर्व तयारी सम्वन्धित जनशक्ति उत्पादनका लागि खर्च गर्ने विचार उनले गरेका छन् । राहत र उद्दारका लागि गाउँपालिका स्तरीय समिति गठन भएको उनले बताए ।

सन्धिखर्क नगरपालिका अर्घाखाँची नरपानीमा ०७६ मंसीर ११ गते बस दुर्घटना हँुदा घटनास्थलमै १७ र उपचार गर्दा २ गरी १९ जनाको ज्यान गयो । नगरपालिकाले तत्कालै उद्दार गर्नेगरी आफ्ना जनशक्ति परिचालन गर्न सकेन् । सदरमुकामदेखि नजिकै भएकाले सुरक्षाकर्मी घटनास्थलमा पुगे । सुरक्षाकर्मीले मात्र उद्दार गर्न असम्भव हुन्छ । स्थानीय सरकार र समुदायको साथ सुरक्षाकर्मीलाई आवश्यक हुन्छ । दुर्घटना हुँदा वा नहुनका लागि अपनाउनुपर्ने सावधानीका बारेमा नगरपालिकाले चासो नदेखाएको नगरबासीको गुनासो छ । नगरपालिकाले विपत व्यवस्थापन कोष भने स्थापना गरेको छ । नगरप्रमुख कमलप्रसाद भुषालका अनुसार त्यस कोषमा ४ लाख रुपैयाँ बजेट छ ।

प्यूठानको नौवहिनी गाउँपालिकासँग पनि विपत आइलागेमा के कसो गर्ने भन्ने योजना छैन् । गृह मन्त्रालयले परिपत्र गरेपछि मात्र जेनतेन समिति गठन ग¥यो तर त्यसपछि गाउँपालिका चूप लागेर बसेको छ । योजना नबनाएपनि गल्ची, बेल्चा, टोपी, फरुवा लगाएतका विपत प्रतिकार्य सम्वन्धि सामग्री किनेर वडामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । भण्डारीका अनुसार विपत पूर्व तयारी सम्वन्धी ठोस योजना बनाउने सुरसार गाउँपालिकाले गरेको छैन् ।

प्यूठानका नौवटा स्थानीय सरकारमध्ये सरुमारानी गाउँपालिकाले भने विपत पूर्व तयारी कार्ययोजना अन्तिम चरणमा पु¥याएको छ । वडाका प्रतिनिधि समेतका जनशक्तिलाई आठ महिना अघि तालिम दिइसकेको अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । उनका अनुसार गाउँपालिकामा बाढीपहिरो, हावाहुरी र आगलागीको धेरै जोखिम छ । तराईको भूभागसँग जोडिएको उक्त गाउँपालिकाको बांगेशाल र हंसपुरमा घना सालको जंगल छ । वर्षेनी हुने आगलागीले उक्त जगंल सखाप हुँदै गएको छ । यसबारेमा ठोस योजना बनाएर आगामी वर्षदेखि अघि बढ्ने कुरा विश्वकर्माले बताए । आगलागीबाट गतवर्ष एक जना बृद्धको समेत ज्यान गएको थियो ।

साविक भिंगृ गाविस (हाल स्वर्गद्धारी नगरपालिका) र ओखरकोट गाविस (हाल झिमरुक गाउँपालिका) मा नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाले विपत पूर्व तयारी प्रतिकार्य सम्वन्धी योजना बनाइदिएको थियो । अहिलेका जनप्रतिनिधीले उक्त योजना पालना गरेका छैनन् । गाउँपालिकामा यससम्बन्धी समिति त बनेको छ । तर, त्यसको बैठक एकपटक पनि बसेको छैन् ।

प्यूठानका स्थानीय सरकार विपत प्रतिकार्यका सामग्री खरिदमा धेरै अगाडी छन् । बजारको रेडिमेट सामग्री खरिद गरेर उनीहरुले स्टोरमा थन्काएका छन् । तर बजेट सहित योजना बनाएर विपत न्यूनीकरणतर्फ उनीहरुको चासो देखिएको छैन् । प्रत्येक तहमा वन वातावरण तथा विपत व्यवस्थापन समिति भएपनि उनीहरुले केही काम गरेका छैनन् । विपत आएपछि मात्र स्थानीय सरकारका प्रतिनिधी र सरोकारवाला निकाय राहत वितरण गर्न लाग्छन् । त्यो पनि सस्तो लोकप्रियताका लागि ।

स्थानीय सरकारले विपत् व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने काम नगरेको नेपाल रेडक्रस सोसाइटीका विपत् व्यवस्थापन अधिकृत तेजप्रसाद पाण्डेले बताए । उनले भने, ‘देशका धेरै जिल्लामा पुग्ने क्रममा स्थानीय सरकारलाई विपत व्यवस्थापनको क्षेत्रमा चासो नभएको जस्तो पाइयो । स्थानीय सरकारले सडक खन्नमा मात्रै ध्यान दिनु हुँदैन् । विपतका क्षेत्रमा पनि ध्यान दिनुपर्छ ।’ उनका अनुसार, स्थानीय सरकारले आप्mनो क्षेत्रका जोखिमयुक्त ठाउँ र उद्दारका लागि उपयुक्त खुला र सुरक्षित ठाउँ पत्ता लगाउने, त्यसको नक्सांकन गर्ने, जनशक्ति तयार गर्ने, सामग्री जोहो गर्ने र कोष बनाउने काम शुरुमै गर्नुपर्छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले तोकेको काम समेत स्थानीय सरकारले नगरेको उनले बताए । तराईमा पर्ने जिल्लाहरु दाङ, बाँके, बर्दिया र रुपन्देहीमा यस विषयमा केही काम भएको समेत पाण्डेले बताए ।

ऐनले तोकेको कुरा पालना नगरेमा कार्यान्वयन गर्ने निकायलाई सजायको व्यवस्था समेत ऐनले तोकेको छ । ऐन कार्यान्वयन गर्ने सम्वन्धमा जारी भएका आदेश वा निर्देशन पालना नगरेमा पचास हजार रुपैयाँसम्म जरिबाना हुने ऐनमा उल्लेख छ । जिल्लामा प्रमुख जिल्ला अधिकारी, स्थानीय तहमा सम्वन्धित तहका प्रमुख र वडामा वडा अध्यक्षको संयोजकत्वमा विपत व्यवस्थापन समिति गठन गरेर पूर्व तयारी सम्वन्धी योजना बनाउनुपर्ने ऐनमा लेखेको छ ।

काुननतः गर्नुपर्ने काम स्थानीय सरकार संचालनको तीन वर्ष हुन लाग्दा समेत जनप्रतिनिधीहरुले वेवास्ता गर्नु गैरजिम्मेवार भएको रेडक्रस प्यूठान शाखाका सभापती गुमानराज पुलामीले बताए । विपत परेपछि राहतका सामग्री बाढ्न मात्र अघि सर्नु राम्रो नभएको भन्दै उनले स्थानीय तहलाई प्रश्न गरे,‘विपतै हुन नदिन पूर्व योजना बनाउन ध्यान खै ?’

 

 


प्रकाशित मिति: मंगलवार, पुष ८, २०७६, ०९:३३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किन पुग्ने होलेरी ?
नाम कमाएको स्कुलमा : शिक्षकलाई प्रोत्साहनको सट्टा शोषण !
उपचार नपाएर चुढिनै थाले खुट्टाका औँला
खलंगाको शान !
विशेष खोज
जाँगरिला ८५ वर्षिय दिन्बन्धु कोइराला पोखरेलीका आँखामा ‘वैज्ञानिक बा’
64x64
मंगलवार, कार्तिक ५, २०७६ आजको पोष्ट
पुरा पढ्नुहोस्
विशेष खोज
स्वर्गद्धारीमा तीन लाख पर्यटक भेटीबाटै तीन करोड
64x64
मंगलवार, कार्तिक ५, २०७६ राजेश जिसी
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP