प्यूठान : नेकपा एमालेको आगामी नेतृत्वका लागि सहमती जुट्न नसकेपछि मतदान शुरु भएको छ । पाँच पदाधिकारी र दुई दलित सदस्यमा गरी सात जना पदका लागि निर्वाचन शुरु भएको हो । एमाले पार्टी कार्यालय विजुवारमा मतदान चलिरहेको छ । अध्यक्ष पदका लागि एमाले प्यूठानका सचिवालय सदस्य नेहरसिँह केसी र प्रदेश कमिटी सदस्य विजयविराज विष्टबीच प्रतिस्पर्धा हुँदै छ । चार जनाको उमेदवारी परेपनि उपसचिव मधुर शर्मा र प्रदेश कमिटी सदस्य अजय सिँहले उमेदवारी फिर्ता लिएका छन् ।
उपाध्यक्षमा सरुमारानी गाउँपालिका अध्यक्ष समेत रहेका झग बहादुर विश्वकर्मा र एमाले जिल्ला कमिटी सचिवालाय सदस्य मुक्ती पोखरेलबीच प्रतिस्पर्धा भएको छ । सचिवमा सचिवालय सदस्य नेहरसिँह कुवँर र माधव पौडेल, उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष समेत रहेका श्रीधर रोकामगर, यूवा संघको केन्द्रिय सचिवालय सदस्य विनोद ओली र प्रेस चौतारी नेपालकी केन्द्रिय सदस्य दिपा घर्तीबीच प्रतिस्पर्धा भएको छ । ५ सय ४ जना प्रतिनिधीहरुले नयाँ नेतृत्व चुन्ने छन् ।