प्यूठान : प्यूठानमा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । ऐरावती गाउँपालिकाबाट मतगणना शुरु गरिएको हो । जिल्लामा कुल ८४ हजार ६ सय ३६ मत खसेको छ ।
सर्वदलिय बैठकबसी विहान ११ बजेदेखि मतगणना शुरु मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । मतगणना पालिकास्तरमा हुनेछ । हाललाई एक स्थानबाट मतगणना गरिएको छ ।