सरुमारानी (प्यूठान) : सरुमारानी गाउँपालिका वडा नम्वर ४ मा एमालेका उम्मेदवार चिन्त बहादुर सोमै लगाएतको प्यानलले भारी मतान्तरले विजयी हासिल गरेको छ । आइतवार भएको मतगणना अनुसार सोमैले माओवादीका तारापती सोमैलाई ६ सय ४६ मतले पछिपार्दै विजयी हात पारे ।
विजयी सोमैले १ हजार ३३ र गठवन्धनबाट उमेदवार बनेका तारापतीले ३ सय ८७ मत पाएका छन् ।
दलित महिला सदस्य कल्पना कामी, महिला सदस्य पार्वती पुन मगर, खुल्ला पुरुष सदस्य भोज बहादुर सारु मगर र धन बहादुर थापा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय सरुमारानीले जनाएको छ । सोमै दोस्रो कार्यकालका लागि वडा अध्यक्ष विजयी भएका हुन् ।