Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
राजनीति
  • Home
  • News
  • को हुन् प्यूठानका ५ सांसद् ?
को हुन् प्यूठानका ५ सांसद् ?
64x64
सोमवार, मंसिर २६, २०७९ केशरराज क्षेत्री

प्यूठान : एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानले आगामी पाँच वर्ष कार्यकालका लागि पाँच जना सांसद् पाएको छ । प्रतिनिधीसभा सदस्यमा एक र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक चार जना गरी पाँच जनाले प्यूठानको साझा प्रतिनिधित्व गर्नेछन् । जिल्लाबासीले अब दल विशेषको नभई साझा प्यूठानीको अभिभावक बनेर जिल्लाको विकासमा ध्यान दिन जनप्रतिनिधीलाई सुझाएका छन् ।

सूर्य थापा (प्रतिनिधिसभा सदस्य)

प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा पहिलो प्रयासमै विजयी भए । पाँचदलीय गठवन्धनको घेरा तोडेर थापाको विजयीसँगै जिल्लामा एमाले पहिलो दल बन्यो । उनीसँग प्रतिस्पर्धामा गठवन्धनबाट राजमोकी उपाध्यक्ष दुर्गा पौडेल थिइन् । झिमरुक गाउँपालिका १ सौतामारे प्यूठान निवासी सूर्य थापा नेपाली राजनीतिमा प्रष्ट वक्ता र स्वच्छ छबीको नेताको रुपमा चिनिन्छन् । राष्ट्रिय राजनीतिमा उनको सिधा पहुँच छ । प्यूठानलाई राष्ट्रिय राजनीतिसँगै सिँहदरवारसँग प्रत्यक्ष जोड्ने भरोसाले पनि थापालाई जिल्लाबासीले रोजाईमा पारेको अधिकांशको प्रतिक्रिया सुनिन्छ ।

तीन दशक बढी समय पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका थापाले विशेषतः पार्टीको केन्द्रिय प्रचार कमिटीमा रहेर काम गरे । त्यससँगै पर्यटन क्षेत्रमा पनि उनको विशेष दख्खल मानिन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन विभागको उनी पार्टीमा प्रमुख भएर काम गरे । पार्टीले दिएको भूमिका र जिम्मेवारीलाई कुशलतापूर्व पुरा गर्ने स्वच्छ छबी बनाएका थापाले समग्र प्यूठानको विकासमा पनि त्यस्तै छबी बनाएर काम गर्ने आशा र भरोसा जिल्लाबासीको छ । समाजशास्त्रमा स्नातकोत्तर तह र व्यवस्थापन संकायमा स्नातक गरेका थापा अहिले ४८ वर्षका भए । थापा पार्टीको निर्वाचित केन्द्रिय सदस्यहुँदै पोलिटब्यूरो सदस्यको भूमिका छन् । २०६० सालमा ‘विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य’ नामक पुस्तक लेखेर थापाले मुलुकमा गणतन्त्र स्थापनाको माहोल सृजना गरेका थिए ।

तुल्सीराम शर्मा (प्रदेशसभा १)


प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ मा पाँचदलीय गठवन्धनलाई नै पछिपार्दै नेकपा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन् । उनीसँगको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) थिए । शर्मा एमाले प्यूठानको निवर्तमान पार्टी अध्यक्ष हुन् । हाल उनी लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् ।

६५ वर्षिय शर्मालाई सरल र स्वच्छ छबीको नेताको रुपमा चित्रण गर्ने गर्दछन् । प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी शर्माले एसएलसी उत्र्तिण गरेका छन् । एमालेको ०४८ सालदेखि संस्थापक जिल्ला कमिटी सदस्य, दुई÷दुई कार्यकाल उपसचिव र उपाध्यक्ष हुँदै आठ वर्ष आठ महिना जिल्ला अध्यक्ष भएर उनले काम गरे । ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक दाखाक्वाडी गाविसको उनी उपाध्यक्ष समेत हुन् । शर्मा पहिलोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सरोज थापा (रोज राणा)–प्रदेशसभा २

रोज राणा भनेर चिनिने सरोज थापा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ बाट पहिलो प्रयासमै सांसद् भए । विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय उनी नेपाल तरुणदलको केन्द्रिय सदस्यको भूमिका रहेर काम गरे ।

हाल उनी नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्वर २ को दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतीको जिम्मेवारीमा छन् । थापा पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि महासमिति सदस्य समेत हुन् । राजनीतिसँगै नेपाली चलचित्र क्षेत्रमा थापाको नाम अझ बढी सुनिन्छ । नेपाल चलचित्र संघको केन्द्रिय सदस्य, महासचिव हुँदै उपाध्यक्षको भूमिकामा रहेर उनले जिम्मेवारी पुरा गरे । अध्यक्ष हुनेबेला छाडेर थापा सांसद् लड्न गृह जिल्ला प्यूठान आएका हुन् । प्यूठान नगरपालिका ८ निवासी ४० वर्षिय थापाले स्नातक तह उत्र्तिण गरेका छन् । हक्की स्वभावका थापा पार्टीमा देउवा खेमाका हुन् । पार्टी सभापती शेर बहादुर देउवासँग उनको निकटको सम्वन्ध छ ।

निमा गिरी (समानुपातिक सांसद्, लुम्विनी प्रदेश)


प्यूठानका महिला नेतृहरुमा धेरैले सुनेको नाम हो निमा गिरी । नेपाली कांग्रेसको तर्फबाट गिरी लुम्विनी प्रदेससभा सदस्यमा समानुपातिक सांसद् निर्वाचित भइन् । ३३ वर्षिय गिरीको स्थायी घर प्यूठानस्थित झिमरुक गाउँपालिका ७ तुषारा हो ।

उनले ०५५ सालदेखि बालकांग्रेसको सदस्यता लिएर राजनीति जीवनको शुरुवात गरिन् । नेविसंघ प्यूठानको जिल्ला उपाध्यक्ष, दाङस्थित महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाइको सह अध्यक्ष, नेविसंघ त्रिभुवन विश्वविद्यालयको उपसभापतीको जिम्मेवारी उनले पुरा गरेको अनुभव छ ।

तीन÷तीन पटक उनी पार्टीको निर्वाचित महासमिति सदस्य हुँदै महिला संघ प्यूठानको जिल्ला सचिवको रुपमा काम गरिन् । गिरी हाल नेपाली कांग्रेस लुम्विनी प्रदेस समितिको निर्वाचित सह महामन्त्री हुन् । उनले व्यवस्थापन, राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर तह उत्र्तिण गरेकी छन् । अधिवक्ता समेत रहेकी गिरीले प्यूठानमा बसेर विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता गरेको भन्दै नेपाल सरकारले जनसेवा श्री पदकबाट सम्मानित समेत गरेको थियो । गिरी पनि प्यूठानबाट प्रतिनिधित्व गर्ने सांसद्मा नयाँ अनुहार हुन् ।

धनलक्ष्मी श्रेष्ठ (समानुपातिक सांसद्, लुम्विनी प्रदेश)


राजनीतिमा लामो समयदेखि सक्रिय धनलक्ष्मी श्रेष्ठ पहिलोपटक लुम्विनी प्रदेससभा सदस्यमा निर्वाचित भएकी छन् । उनी यसअघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्यूठान निर्वाचन क्षेत्र नम्वर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् । ०७४ सालको प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार भइन् ।

०६५ सालमा प्यूठान क्याम्पस खलंगाको स्ववियू उपसभापतीमा निर्वाचत भएपनि एक महिनापछि पुरा कार्यकाल कार्यवाहक सभापतीको रुपमा जिम्मेवारी पुरा गरिन् । केन्द्रिय स्ववियू परिषद् कोषाध्यक्ष, कांग्रेस प्यूठानको जिल्ला सदस्य, सह सचिव हुँदै महिला संघ प्यूठानको सचिवको रुपमा पनि उनले जिम्मेवारी पुरा गरिन् । श्रेष्ठ अन्तरपार्टी महिला संजाल प्यूठानको अध्यक्ष र पार्टीको महिला विभागको केन्द्रिय सदस्य हुँदै हाल महाधिवेशन प्रतिनिधि महासमिति सदस्यको भूमिकामा छिन् ।

४० वर्षिय श्रेष्ठ मल्लरानी गाउँपालिका ४ खलंगा निवासी हुन् । श्रेष्ठ सरकारी जागिरे जीवन त्यागेर राजनीतिमा लागेकी हुन् । राजनीतिमा सक्रिय हुनुपूर्व उनी बहादुरगञ्ज हस्पिटल कपिलवस्तुमा अहेव पदमा कार्यरत थिइन् । उनले ग्रामीण विकास र कानुनमा स्नातकोत्तर तह उत्र्तिण गरेकी छन् । - (न्यूज बुटवलटुडे बाट)

 

 

 


प्रकाशित मिति: सोमवार, मंसिर २६, २०७९, ०९:४६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्
एमाले प्यूठानले दियो मतदातालाई धन्यवाद
लुम्विनी प्रदेशमा कसले कति सिट जिते ?
राजनीति
प्यूठानमा एमालेका सूर्य थापा विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
गुल्मीमा गोकर्ण विष्ट विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ गंगा खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP