अर्घाखाँची : नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले एमाले सत्तारुढ गठबन्धनलाई थप बलियो बनाउन लागि परेको बताएका छन् । मंगलवारदेखि शुरु भएको एमालेको मिसन ग्रासरुट अभियानको अर्घाखाँचीमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै थापाले नेकपा माओवादीले बेइमानी राजनीति नगर्नतर्फ समेत रहनुपर्ने समेत बताए ।
वर्तमान सरकार सफल बनाउनका लागि एमालेले कुनै कसुर बाँकी नराख्ने थापाको भनाई छ । नेता थापाले राष्ट्रपतीको निर्वाचपछि मुलुकको राजनीति कोर्षले थप स्पष्ट पार्ने समेत उल्लेख गरे ।