प्यूठान : नेकपा (एमाले) नौबहिनी गाउँपालिका प्यूठानको दोस्रो अधिवेशनले शेर बहादुर सेनको नेतृत्वमा ५९ सदस्यीय नयाँ पालिका कमिटी चयन गरेको छ । शुक्रवार राति सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्ष भीम बहादुर घर्ति, सचिव दलराज पुन, उप–सचिव जनक बुढा र अञ्जु घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक गोविन्द गिरीले जानकारी गराए । अधिवेशनको एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले उद्घाटन गरे । अधिवेशनलाई एमाले जिल्ला कमिटी अध्यक्ष विजय विराज विष्ट, केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजाल, लुम्बिनी प्रदेश सांसद तुल्सीराम शर्मा लगाएत नेताहरुले सम्बोधन गरेका थिए ।
अधिवेशनमा एमाले लुम्बिनी प्रदेस कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । एमाले प्यूठानले पालिका अधिवेशनहरु गरिरहेको छ । शनिवार (आज) स्वर्गद्वारी नगरपालिकाले अधिवेशन गर्न लागेको एमाले प्यूठानका प्रचार विभाग प्रमुख इश्वरा आचार्यले जानकारी गराईन ।