बुटवल : विद्यार्थी संख्या र भौगोलिक हिसावले लुम्बिनी प्रदेशको सवैभन्दा ठूलो बुटवल बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि आइतवार विहानैदेखि मतदान शुरु भएको छ । विहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ४ बजेसम्म चल्ने छ ।
विभिन्न संकायमा गरी यहाँ कुल ७ हजार १ सय १० जना विद्यार्थी मतदाता छन् । यसमध्ये बढीमा ५० प्रतिशत मत खस्ने अनुमान गरिएको क्याम्पस क्याम्पसले जनाएको छ । बुटवल बुहुमुखीमा हुने स्ववियू निर्वाचनलाई दलहरुले समेत आफ्नो अस्तित्वको रुपमा लिइएको देखिएको छ । निर्वाचन स्थलमा विहानैदेखि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी लगायत दलका नेताहरु भोटमाग्न व्यस्त देखिएका छन् ।

एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीबीच चुनावी प्रतिस्पर्धा छ । तीनवटै संगठनले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । अनेरास्ववियूबाट दुर्गा बहादुर एमसी, नेवीसंघबाट सागर पौडेल र अखिल क्रान्तिकारीबाट शिव खवास अध्यक्षमा भिडेका छन् । निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्था बोलियो बनाइएको छ ।