प्यूठान : नेपाली कांग्रेस प्यूठानका क्रियाशिल सदस्य प्यूठान नगरपालिका–३ विजयनगर निवासी डा.ओमहरी भट्टराइले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखि आफू नेपाली कांग्रेसमा सक्रिय भएपनि पार्टीका जिम्मेवार नेताहरु पछिल्लो समय भ्रष्टाचारमा लिप्त भएको र पार्टीका गतिविधिमा चरम गुटवन्दी भएकाले पार्टीमा बसीरहन औचित्य नदेखिएको उनले बताएका छन् ।
भट्टराइले शनिवार कांग्रेस जिल्ला सभापतीलाई पार्टी परित्यागको पत्र प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका हुन् । स्वर्गद्धारी बहुमुखी क्याम्पसका प्रध्यापक समेत रहेका डा.भट्टराई विभिन्न निर्वाचनको बेला पार्टीको बचाउमा दृढ रुपमा उभिने गर्दथे ।
‘भुटानी शरणार्थी प्रकरणमा पार्टीका जिम्मेवार नेता नै लागि परेकाले यो घिनलाग्दो अवस्थामा रहन भन्दा पार्टीको क्रियाशिल सदस्य त्यागेको घोषणा गर्दछु ।’, उनले भनेका छन् ।
