Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
राजनीति
  • Home
  • News
  • राजपत्रमा ‘देउखुरी’ लेखेपछि लुम्बिनी प्रदेशको राजधानीमा फेरि विवाद
राजपत्रमा ‘देउखुरी’ लेखेपछि लुम्बिनी प्रदेशको राजधानीमा फेरि विवाद
64x64
बिहिवार, आश्विन २२, २०७७ आजको पोष्ट
  • आपत्तिजनक काम भयो : सांसद घिमिरे
बुटवल : सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जेको छ । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका किटान गरिएको थियो । उक्त प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पास भएको थियो ।
 
तर प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यका (देउखुरी) मात्र स्थायी राजधानी उल्लेख भएपछि  विरोध र आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीको योजनावद्ध डिजाइनमा प्रदेश सभाले गरेको निर्णयभन्दा फरक हुने गरी राजपत्र प्रकाशित भएको आरोप लागेको छ ।

अर्घाखाँचीवासीले सामाजिक सञ्जालमा लेख्दै अर्घाखाँचीमाथि धोका भएको बताएका छन् भने गढवा र राप्ती गाउँपालिकाका बासिन्दाले राजधानी लमही लैजाने प्रयास हुनसक्ने आशंका गरेका छन् । राजपत्रमा प्रकाशित सूचना प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि त्यसले कानूनी मान्यता पाउँछ ।

अर्घाखाँचीका सांसद रामजीप्रसाद घिमिरेले राजपत्रमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा उल्लेख नगर्नु आपत्तीजनक भएको प्रतिक्रिया दिए । ‘चलखेल गर्नु हन्थेन, सार्वभौम संसदले पास गरेअनुसार जस्ताको तस्तै निकाल्नुपर्छ,’ सांसद घिमिरेले भने, ‘यसरी राजपत्र आउनु आपत्तिजनक छ, सरकार र राजपत्र प्रकाशन गर्ने कर्मचारीसँग आज छलफल गर्दैछु ।’

शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले सरकारको प्रस्तावमा उल्लेख भएको कुराले उत्साहित बनाए पनि राजपत्रमा उल्लेख नगर्दा निरुत्साहित बनाएको बताए । ‘सरकारको प्रस्ताव आउँदा शीतगंगाका वडा नंं. ८ र ९ पनि राजधानीमा पर्ने भनेर प्रस्ताव आएको हो, त्यसले उत्साहित बनाएकै हो, तर राजपत्रमा किन छुटाइयो बुझ्न सकिएन,’ उनले भने, ‘डीपीआर बनाउँदा पनि छुटाइयो भनेचाहिँ धोका र बेइमानी नै पुष्टि हुनेछ, नेतृत्वको इमान्दारिता हेर्न बाँकी नै छ ।’

गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले राजपत्रमा प्रकाशित सूचनाबारे आफूलाई थाहा नभएको र आफ्नो क्षेत्रका सांसद इन्द्रजीत थारुसँग बुझ्ने प्रतिक्रिया दिए । सांसद थारुले पटकपटक सम्पर्क गर्दा पनि फोन रिसिभ गरेनन् । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती उपत्यका भनेपछि शीतगंगाका दुई वटा वडा पनि पर्ने भएकाले राजपत्रमा उल्लेख नहुँदैमा शंका गर्न नपर्ने बताए ।

प्रदेशसभामा प्रस्ताव पेश गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले स्पष्ट भाषामा र मुख्यमन्त्रीले स्थायी राजधानीका विषयमा बोल्दा पनि राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाका ८ र ९ नम्बर वडाले चर्चेको जमिन भन्ने शब्द प्रयोग गरेका थिए । मुख्यमन्त्री पोखरेलले विशेष समय लिएर बोल्दा पनि सबै स्थानलाई नछुटाई प्युठान जिल्लाको बाङ्गेसालसम्मको क्षेत्रलाई स्थायी राजधानीका रुपमा ब्याख्या गरेका थिए ।

वातावरणविदहरुले प्रदेश राजधानी तोकिएको स्थान जैविक विविधताका दृष्टिले प्रतिबन्धित क्षेत्र भएकाले सरकार र प्रदेश सभाले चलाखीपूर्वक ती स्थानको नाम हटाएर देउखुरीमात्रै राखेको स्रोतको दाबी छ ।-अनलाइनखवरबाट ।


प्रकाशित मिति: बिहिवार, आश्विन २२, २०७७, ११:००:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
राजनीति
टुक्रिएको नेकपा : दाङको सभासँग बुटवलको तुलना ! बुटवलमा ५ हजार ५ सय, दाङमा २० हजार सहभागी : प्रहरी
64x64
बिहिवार, माघ १५, २०७७ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
64x64
आइतवार, माघ ११, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP