प्यूठान : झिमरुक गाउँपालिका प्यूठानले क्रिकेट खेलाडी प्रतिश जिसीलाई सम्मान गरेको छ । विहिवार गाउँपालिकामा कार्यक्रमको आयोजना गरी गाउँपालिकाले १ लाख रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरेको हो । क्रिकेटर जिसी झिमरुक गाउँपालिका ३ लामासेरा निवासी हुन् । उनी अहिले १८ वर्षका भए ।
खेलको माध्यमबाट गाउँपालिकाको शिर उचो बनाएको भन्दै उनलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी गराए । जिसी उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०२३ मा जिम्बावेमा सञ्चालन हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको लागि नेपालको तर्फबाट राष्ट्रिय टिममा समावेश भएका छन् ।
जिसीलाई गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल र पोखरेल फाउन्डेशनका सञ्चालक कुशराज पोखरेलले समेत व्यक्तिगत रुपमा नगद पचास÷पचास हजार रुपैयाँले सम्मान गरेका छन् ।