Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
विशेष खोज
  • Home
  • News
  • नाम कमाएको स्कुलमा : शिक्षकलाई प्रोत्साहनको सट्टा शोषण !
नाम कमाएको स्कुलमा : शिक्षकलाई प्रोत्साहनको सट्टा शोषण !
64x64
मंगलवार, माघ २१, २०७६ केशरराज क्षेत्री
  • तोकेरै गैरकानुनी पैसा असुली
  • सहयोग भन्दै आधा महिनाको तलव माग्दै 

प्यूठान : नौवहिनी गाउँपालिका–८ लुप्लुङ्ग प्यूठानमा रहेको लुप्लुङ्ग माध्यमिक विद्यालयले शिक्षक नियूक्ती हुँदा, सरुवा भएर जाँदा र अवकाश हुँदा आधा महिनाको तलव कटौती गर्ने गरेको छ । आर्थिक सहयोग भन्दै विद्यालयले विगत चार वर्षदेखि शिक्षकहरुको मन दुखाएर तलव कटौती गर्दै आइरहेको हो । तलव कटौती भएपछि शिक्षकहरु रुष्ट बनेका छन् ।

मासिक ३७ हजार ९ सय ९० रुपैयाँ तलव बुझ्दै आएका मावी तहका राहत शिक्षक हुकुम बहादुर केसीले १५ दिन बरावरको १८ हजार ९ सय ९५ रुपैयाँ तलव कटौती भएको गुनासो गरे । एक महिना अघि उनी उक्त विद्यालयबाट सरुवा भएर सरुमारानी ५ जस्पुरस्थित भिमसेन माध्यमिक विद्यालयमा जाँदा विद्यालयले तलव काटेको उनले बताए । ‘लुप्लुङ्ग मावीमा १३ वर्ष पढाए’,उनले भने,‘छोडेर जाँदा आधा तलव कटौती गर्दा मन दुख्यो ।’ शिक्षकहरुको तलव कटौती गरेर विद्यालय संचालन गर्न खोज्नु ‘गरिखाने वर्गको’ हितमा नभएको उनको भनाई छ । सिसिनिया दाङ निवासी केसी घर पायक खोज्दै सरुवा भएर गएका हुन् । ‘विद्यालयले कता कता दण्ड तिराएजस्तो अनूभुति भएको छ’,उनले भने,‘रातदिन खटेर विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनायौँ । तर त्यसको मूल्यांकन भएन, उल्टै तलव काटियो ।’

उनी सहित हालसम्म सात जना शिक्षकहरुले विद्यालयलाई आधा महिनाको तलव बुझाएका छन् । ०७२ फागुन १७ गते बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले नव नियूक्त, शिक्षक, अवकाश र सरुवा भएर जाने शिक्षकहरुबाट १५ दिनको तलव विद्यालयलाई सहयोग गर्नुपर्ने निर्णय गरेको छ । शुरुमा ४५ दिनको निर्णय गरेपनि त्यसलाई घटाएर १५ दिनमा झारिएको शिक्षकहरुले बताएका छन् । शिक्षक गोपाल घर्तीमगर, शालिकराम भण्डारी र बसन्ता पोखरेलले ९ हजार ३ सय ६५ रुपैयाँका दरले आधा तलव बुझाएका छन् । करारमा कार्यरत शिक्षक विष्णु प्रसाद भण्डारीले ११ हजार ४ सय ६९, सुरज केसीले १८ हजार ९ सय ९५ र रीता पोखरेलले १४ हजार ३ सय ५ रुपैयाँ तलव सहयोग भन्दै बुझाएका छन् ।

प्रावी तहको स्थायी दरवन्दीमा नियूक्त भएर गएकी लुप्लुङ्गकै रीता पोखरेलले शुरुको महिनामा आधा तलव मात्र बुझेको बताइन । ‘सहयोग भनेर आधा तलव विद्यालयले काट्यो’,उनले भनिन्,‘विद्यालयको निर्णय हो भनेपछि केही बोलिन् ।’ उनी गत मंसीरदेखि यस विद्यालयमा कार्यरत छिन् । सोही विद्यालयमै कार्यरत शिक्षकहरुले खुलेर विद्यालयको विरोध गर्न सकेका छैनन् । तर सरुवा भएर गएका शिक्षकहरुले विद्यालयको यस्तो निर्णयप्रति असन्तुष्टि पोखेका छन् । उनीहरुले शिक्षकहरुबाट लिएको जवरजस्ती सहयोगको रकम फिर्ता गर्न समेत विद्यालयसँग माग गरेका छन् ।

शिक्षकहरुबाट लिएको तलव कुन क्षेत्रमा खर्च गर्ने भन्ने विद्यालयसँग स्पष्ट योजना छैन् । ‘जुटेको सवै सहयोग रकम विद्यालयको कोषमा जम्मा गर्छौ’,प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीले भने,‘यही शिर्षकमा खर्च गर्ने भन्ने छैन् । आवश्यकता अनुसार खर्च हुन्छ ।’ विद्यालयले सहयोग मागेको तर जवरजस्ती नबनाएको उनको भनाई छ । तर व्यवस्थापन समितिले गरेको निर्णयले सहयोग गर्न बाध्य बनाएको देखिन्छ । खानेपानी, विद्युत्त मर्मत, खेलकुद, फर्निचर खदिर, शैक्षिक अवलोकन भ्रमण जस्ता कार्यक्रममा विद्यालयको आन्तरिक स्रोतको बजेट खर्च गर्ने गरिएको भण्डारीको भनाई छ । उनका अनुसार सहयोगदाताबाट लिएको रकम आन्तरिक कोषमा जम्मा गरिन्छ । शिक्षकहरुबाट लिएको आधा महिनाको तलव विद्यालयले नीजि स्रोतबाट कार्यरत शिक्षहरुलाई तलव दिने गरेको समेत पाइएको छ ।

तोकेरै शिक्षकहरुबाट पैसा उठाउनु गैर कानुनी भएको शिक्षा विकास तथा सम्वन्य इकाई प्यूठानका प्रमुख शिव पण्डितले प्रतिक्रिया दिए । ‘शिक्षक अवकाश भएर जाँदा खुसी साथ मायाँको चिनो दिनु फरक कुरा हो’,पण्डितले भने,‘तर यसरी तोकेरै आधा महिनाको तलव सहयोग गर्नुपर्छ भन्नु कानुन विपरित छ । यसलाई रोक्नुपर्छ ।’ उनले यस विषयमा सम्वन्धित गाउँपालिकाको ध्यानाकर्षण गराउने बताए । लुप्लुङ्ग मावी गत वर्षको एसइइमा जिल्लाकै प्रथम र गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षामा निरन्तर प्रथम हुँदै आएको छ ।

 


प्रकाशित मिति: मंगलवार, माघ २१, २०७६, १०:३२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किन पुग्ने होलेरी ?
विपत पर्दा ‘जाग्छन्’ अरुबेला ‘निदाउँछन्’ स्थानीय सरकार
उपचार नपाएर चुढिनै थाले खुट्टाका औँला
खलंगाको शान !
विशेष खोज
जाँगरिला ८५ वर्षिय दिन्बन्धु कोइराला पोखरेलीका आँखामा ‘वैज्ञानिक बा’
64x64
मंगलवार, कार्तिक ५, २०७६ आजको पोष्ट
पुरा पढ्नुहोस्
विशेष खोज
स्वर्गद्धारीमा तीन लाख पर्यटक भेटीबाटै तीन करोड
64x64
मंगलवार, कार्तिक ५, २०७६ राजेश जिसी
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP