प्यूठान : प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गरेर फर्किएको कार सोमवार भिंगृ नजिकैको ओरालो घुम्टीमा दुर्घटना हुँदा आठ जनाको मृत्युु भएको छ ।
दाङको लमहीबाट गएको कार स्वर्गद्धारी दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो । लु १ च ६३४५ कार दुर्घटना परी प्रहरीले गाडी चालकको चालक अनुमती पत्र हेरेको आधारमा दाङ लमही नगरपालिका ५ का टंक बहादुर कुमाल बाहेकको पहिचान हुन सकेको छैन् । शवलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।