जतिबेला नेपालमा विपी कोइरालाले प्रजातान्त्रिक समाजवादको सिद्धान्त तयार गर्दै थिए, त्यसक्रममा एकज ना पत्रकारले सोधेछन्, कोइरालाजी, तपाईंको यो प्रजातान्त्रिक समाजवाद भनेको के हो ?
बिपी कोइरालाले हंशमुख मुद्रामा जवाफ दिए– “समाजवाद भनेको कुनै ग्रहको जादु होइन । कुनै पनि नेपालीले घरको छानो चुहिएर बर्खामा भिज्नु नपरोस्, सबै जनताको भकारोमा एउटा दुहुनो गाइ होस्, र, त्यो गाईको गोबरले आँगन मुन्तिरको करेसा बारीमा आफूलाई खानको लागि साग फलाउन सकोस् !सबै नागरिकका खुट्टामा एक जोर चप्पल होउन् । यदि, आधारभूत रूपमा यति कुरा भयोभने समाजवादको अभ्यास सुरु हुनेछ ।’’
यो संवाद (अनरिर्टन हिस्ट्री) बि.स. २००७ साल वरिपरिको मानिन्छ । विपीको यहि सिद्धान्त(विचार र सपना)लाई भजाएर कांग्रेसले आजसम्म यसैको ब्याज खाइरहेको छ । तर, दुर्भाग्यपूर्ण, विपीको स्वर्गारोण सँगसँगै समाजवाद पनि विघटन भयो । किनकि, माउ पार्टी नै आफ्नो मुख्य विचार र सिद्धान्तबाट च्युत हुँदै गयो । आजको कांग्रेसमा विपीको समाजवादको अवशेषसम्म भेटिँदैन । हुँदाहुँदा आजको कांग्रेसमा नेपालीलाई भुटानी बनाएर बेच्ने गिरोह (मानव तस्करहरू) को जगजगी छ । भिजिट भिसामा हप्ता होइन, दैनिकी (५० लाख माथि) उठाउने भ्रष्टहरूको कब्जामा छ । अब भन्नोस्, यो कांग्रेसले कसको पक्षमा काम गर्छ ? निश्चितरूपमा– भ्रष्ट, बिचौलिया र अपराधीहरूको पक्षमा !
२०४८ सालमा होस् या ०५६ सालमा, दुईदुई पटक जनताले पूर्णबहुमत दिँदा पनि सिन्को समेत भाचेन । विपीको संकल्प र सपनालाई लत्याएर उल्टोगतिमा देशमा मध्यावधि निर्वाचन र संकटकालको घोषणा गर्दै हिँड्ने थिएन ! आजका कांग्रेसहरूले बुझ्नुपर्छ, विपीको समयपछिका कांग्रेसीहरूको न इतिहास राम्रो छ न वर्तमान नै ! यिनीहरूको विधिवत् अन्त्य नै आज मुलुकको सर्वोपरि हित हुनेछ ।
नेकपा माक्सवादी र मालेका बीचमा एकीकरण भएर बनेको अहिलेको नेपाल (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीले समाजवादको नयाँ विश्लेषणसहित नेपाली क्रान्तिको नयाँ रुपरेखा कोर्दै जनताको बहुदलीय जनवाद (जबज) को विचार अघि सारे । दोस्रो विश्वयुद्धपछि उदाएको भूमण्डलीकरण र साम्राज्यवादको उपरि संरचनाभित्र मौलाउदै गएको उदारीकरण र निजीकरणको नकारात्मक प्रभावले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको सन्दर्भमा नेपाली माटोमा जननेता मदन भण्डारीले अगाडि सारेको मुलतः समाजवादी आन्दोलनको नयाँ मार्ग चित्रले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत ठोस योगदान पु¥याउन सफल भएको थियो ।
तर, जब षडयन्त्रपूर्ण ढंगबाट मदन भण्डारीकै हत्या गरियो, त्यसपछि जबजको औचित्य पनि नासिंदै गयो । नेकपा (एमाले)को आफ्नो विचार र पहिचान बनेको जबजको विघटनको सिलसिला मदन भण्डारीको हत्यापछि तीब्र बन्यो । नाममा जेसुकै भनिए पनि एमाले मुलतः पुजीपतिहरूकै पार्टी बन्न गयो । नाममा कम्युनिस्ट लेखेर क्यअष्ब िम्झयअचबतष्अ पार्टीको अभ्यास त्यतिबेलादेखि कै हो । जबजको घाँटी रेटेर समाजवादी व्यवस्थाका विपरीतको यात्रा त्यतिबेलाबाटै आरम्भ भएको थियो । यसको एउटा सबुत हो– तत्कालीन राजाको पाउमा भेटी चढाएर प्रधानमन्त्रीको विज्ञापनमा दर्खास्त हाल्न पुग्नु ! एमाले वैचारिक रुपमा टाँट पल्टाई यति तीब्र बन्यो कि आज मदन भण्डारीले परलोकबाट हेरिरहेको भए दोस्रोपटक आत्महत्या गर्ने थिए होलान् !
अतः जसरी विपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट कांग्रेस आत्मसमर्पण गर्दै पछि हट्यो, ठीक त्यही गति र मतिका साथ एमालेले पनि जननेता भण्डारीको हत्यापछि जबजको च्याप्टर बन्ध्याकरण गर्न पुग्यो ।
कांग्रेस र एमालेले देशलाई सहि दिशा देखाउन नसकेको आरोपसहित माओवादीहरू आए । कांग्रेस–एमाले लआफ्नो सैद्धान्तिक एवम् बैचारिक धरातलबाट विचलित हुँदै गएपछि तत्कालीन एकता केन्द्र मसालबाट अलग्गिएर बनेको प्रचण्ड नेतृत्वको माओवादीले समाजवादी क्रान्तिको झण्डालाई नयाँ उचाई दिने उद्घोष सहित २०५२ सालमा जनयुद्धको घोषणा गर्यो । शान्तिपूर्ण रुपमा तत्कालीन सरकार सामु ४० बुँदे माग राखेर सुनुवाइ नभएपछि सशस्त्र युद्धमा होमियो ।
नेपाली समाज सुहाउँदो विपी कोइरालाको प्रजातान्त्रिक समाजवाद होस् या मदन भण्डारीको जबज, यी दुबै मोडेल र अभ्यासबाट देशको परिवर्तन र रुपान्तरण सम्भव नरहेको निष्कर्षस्वरुप सुरु भएको माओवादी युद्धले गृहयुद्धको रुप ग्रहण ग¥यो । त्यसक्रममा नेपाल दशकबढी कहालीलाग्दो गृहयुद्धको अवस्थाबाट गुज्रन पुग्यो । त्यसले सिर्जना गरेको मानवीय तथा भौतिक क्षतिको मुल्य नेपालले आज पनि चुकाइरहेको छ ।
एकातिर समाजवादी अवधारणा, नीति र सिद्धान्तलाई पश्चिमी तथा भारतीय स्वार्थपूर्तिको साधन मात्रै बनाइयो भने अर्कोतिर नेपालमा सुरु भएको क्रान्तिकारी विचार समूहलाई विघटन गर्न खोजिएको र त्यसले सिङ्गो कम्युनिस्ट आन्दोलन नै शिथिल बनायो भन्ने ठहरसहित माओवादीले नयाँ कार्यक्रम ल्याउदा जनताले त्यसलाई आशाका साथ हेरेका थिए । त्यसले नेपालको सर्वहारा वर्ग र कम्युनिस्ट आन्दोलनमा एउटा बेग्लै किसिमको उर्जा पनि सञ्चार ग¥यो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा, क्रान्तिकारी अभियानमा यो एउटा ठूलो जागरणको समय थियो ।
पटकपटक गरिएका जनताको अधिकार प्राप्तिको आन्दोलन र त्यसले प्राप्त गरेका उपलब्धिलाई सशस्त्र युद्ध मार्फत थप गर्ने र संस्थागत गर्ने एजेन्डा विपरीत प्रचण्डहरू हिँड्न थाले । महान भनिएको युद्ध नै मानव नरसंहार र भौतिक क्षतिमा सिमित हुन पुग्यो ।
सशस्त्र युद्धको नेतृत्वकर्तामा चरम विचलन आयो । नेतृत्वलाई विकेन्द्रीकरण गरेर जानुपर्नेमा त्यसो नगरेर प्रचण्डपथका नाममा प्रचण्डलाई एकल नेतृत्वका रूपमा देवत्वकरण गरियो । कम्युनिस्ट आचरण र कार्यशैली भन्दा पनि सामन्ती प्रवृत्ति हावी हुँदै गयो । समाजवादी बाटोमा हिंड्नुपर्ने क्रान्तिकारीहरू तानाशाही बाटोमा लागे । यसले गर्दा आन्दोलनले हाराहारीको उत्तराधिकारी पाउने बाटो नै बन्द गरिदियो । सशस्त्र युद्धको घोषणा गर्दा अगाडि सारिएका एजेन्डाबाट च्युत हुँदै गयो । जनयुद्धलाई एउटा उचाईमा पु¥याएको अवस्थामा पनि त्यसको बाँकी कार्यभार पुरा गर्ने नेतृत्व तयार हुन नै सकेन ।
तत्कालीन माओवादी आन्दोलन नै पश्चिमी तथा भारतीय संस्थापनको निहित स्वार्थबाट प्रभावित भयो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पु¥यायो । बलिदान र सहादतको जगमा प्राप्त उपलब्धि समेत क्षतविक्षत हुने स्थिति सिर्जना भयो । जसका विरुद्धमा सशस्त्र युद्धको शंखनाथ गरियो, अन्त्यमा उसैसँग सौदाबाजीमा टुंग्याउने गल्ती गरियो । त्यो पनि दुष्ट छिमेकी भारतीयको मध्यस्थतामा ! यो अकल्पनीय क्षतिले नेपालको क्रान्तिकारी एवम् प्रगतिशील आन्दोलन र विचारलाई नै ठूलो अनिश्चयको स्थिति सिर्जना ग¥यो । लावाङ र फुण्टिवाङ हुँदै चुनवाङ पुगेर माओवादी आन्दोलन मूलभूत रूपमा विसर्जन गरियो ।
पूँजीवादले दुश्मन देख्ने समाजवाद माओवादीहरूबाट ग्यारेन्टी हुने भन्ने प्रश्न नै हुँदैन, भएन ! माओवादी नेतृत्व समेत पुजीवाद र साम्राज्यवादको मामुली कारिन्दा बन्दा ऐतिहासिक रूपमा उठेको आन्दोलन तुहिन पुग्यो । यसरी हेर्दा माओवादीले जनताले ठूलो आशा र विश्वासका साथ हेरिएको समाजवादको भ्रुण हत्या ग¥यो । अहिले त प्रचण्ड एमाले–कांग्रेसकै स्तरमा पुजीवाद एवम् साम्राज्यवादका पक्षपोषक बनेका छन् ।
नेपालका मुलधारका सबै पुराना दलहरु समाजवादको बाटोबाट पूर्णतः विचलित भएका छन् । यिनीहरूसँग विपी र मदन भण्डारीहरूले दिएका नारा भन्दा बढी केही पनि छैन । २१ औं शताब्दीको जनवादले पनि हावा खाएको धेरै भयो । यसकारण समाजवादको आलोकबाट हेर्दा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र आफ्नो मुख्य एजेन्डाबाट च्युत भएका छन् । उनीहरूसँग अपेक्षा गर्न सकिने बाँकी कुरा केही छैन । जब दलहरूसँग निश्चित विचार र एजेन्डा हुँदैनन्, त्यसपछि उनीहरूको उपादेयता सकिएर जान्छ ।
मुख्य भनिएका दलहरूको आजको अवस्था यही हो । २००७, २०१७, २०२८, २०३६, २०४६, १० वर्षे जनयुद्ध, ०६२÷६३ को जन आन्दोलनमा दलहरूसँग एजेन्डा थिए । त्यसलाई जनताले पनि आत्मसात र अनुमोदन गरे । त्यसपछि परम्परागत दलहरू बरालिन थालेको निष्कर्ष सहित जनताले नयाँ विकल्पको खोजी सुरु गरेका छन् ।
भ्रष्टाचारको अन्त्य र सुशासन आजको प्रमुख मुद्दा हो । मुलुकको समृद्धिको जग पनि यही हो । सँगसँगै, यसलाई कमान्ड गर्नसक्ने सक्षम नेतृत्व हो । त्यसका लागि पुराना दलहरूमा पुस्तान्त्रण र रुपान्तरणको जरुरी छ । नयाँ भनिएकाहरूमा त्यसअनुसारको आचरण, सोंच र त्यसलाई पुरा गर्ने संकल्प ! नयाँहरूले पुरानामा आएको संकटको फाइदा मात्रै उठाउने होइन, आफ्ना एजेन्डालाई सेट पनि गर्न सक्नुपर्छ । त्यसोभयो भनेमात्र २२ औं शताब्दीको चेतना र प्रविधिमा हुर्किरहेको उच्चचेतनशील पुस्ताको विश्वास आर्जन गर्न सकिन्छ ।
नयाँ पुस्ताले छेडेको अभियान संक्रमणकालको मध्य भागमा छटपटाइरहेको छ । परिक्षणसम्म हुन मौकासम्म दिइएको छैन । यसले प्राण भर्न पाउने हो कि अस्तित्व नै गुमाउने हो, गम्भीर प्रश्नको घेरामा छ । यहीबेला राजनैतिक प्रतिशोध र कानुनी अत्याचार तीब्र बनाउँदै लगिएको छ । यो स्थिति अवश्यम्भावी थियो, जसले यसलाई सुझबुझपूर्ण रूपमा पार गर्न सक्छ, त्यही नै भावी पुस्ताको नेता हुनेछ । अर्थात्, २२ औं शताब्दीका मान्छेहरूको असल प्रतिनिधि ! यो कुरा पहिलेको भन्दा धेरै ठूलो लडाइँबाट मात्रै सम्भव हुनेछ ।
कम्युनिस्ट र कांग्रेसका नाममा नेपालीलाई नेपाली हुनबाट बन्चित गरिँदै आइएको छ । प्रजातान्त्रिक समाजवाद, जनताको बहुदलीय जनवाद या २१ औं शताब्दीको जनवादबाट समेत तेस्रो विश्वको दर्जाबाट माथि उक्लन नसकिरहेको परिप्रेक्ष्यमा देशलाई पहिलो विश्वमा पु¥याउन पनि एउटा नायक त चाहिन्छ नै । किनकि, अधिकांश नेताहरू(हालका प्रधानमन्त्री–पूर्वप्रधानमन्त्रीहरू) को पृष्ठभूमि, उनीहरूले पु¥याएको योगदान र उनीहरूको आइक्यु इन्टिलिजेन्स आदि हेर्दा हामीले औसत नेताभन्दा बढी पाउनै सकेनौं ।
तर, दुर्भाग्य, हामीले हाम्रो परिवेश (भूराजनीति)लाई बुझ्न सक्ने र हाम्रो अवस्थालाई बदल्न सक्ने (स्टेट लिडर) नै पाउन सकेनौं । तर, अब इतिहासले, समयले एउटा त्यस्तो नायकको खोजी गरेको छ, जसले आजका अन्तरविरोध र समस्याहरूको हल खोज्न सकोस् र मुलुकको कायाकल्प गर्ने सामथ्र्य राखोस् ।
त्यो नायक विपी कोइराला र मदन भण्डारी हाराहारीको (आइक्यु इन्टिलिजेन्स) भएको मात्रैले पनि पुग्नेवाला छैन । किनकि, पहिलो कुरा त राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सम्बन्धमा अनेकौं फेरबदलहरू भए । आजको विश्वमा आफ्नो देशको हित र स्वार्थमा काम गर्नसक्ने नायक जरुरी पर्छ । दोस्रो, विपी र मदनहरू पनि पूर्णतः परिक्षण हुन पाएनन् । यद्यपि, विचार, दृष्टिकोण र कार्यक्रमका हिसाबले हामी धेरैले आफ्नो आदर्शका रूपमा उहाँहरूलाई लिने गर्छौं । उहाँहरूको समयपछि परिक्षण भएका (लाभको पदमा पुगेका या पार्टी सत्ता हाँकेका) कुनै पनि नेतालाई म र मेरो पुस्ताले आदर्शका रूपमा लिन सक्दैन ।
मौजुदा राजनैतिक नेतृत्वको अक्षमता दर्शाउने यो भन्दा राम्रो उदाहरण अर्को भेटिनेछैन । नयाँ पुस्ताका नायक रवी लामिछानेप्रति आम मान्छेहरूको दृष्टिकोण र बुझाई पनि झन्डै विपी कोइराला र मदन भण्डारीकै तहको छ । तर, उनले विपी कोइरालाको जस्तै नियति त भोगे, कतै मदन भण्डारीको जस्तो नियति पनि बेहोर्नुपर्ने त होइन ? एउटा विचारणीय प्रश्न मैले मेरा पाठकहरूलाई नै छाडेको छु !
धेरै ठूलो सहादत र कुर्वानीमार्फत अधिकार प्राप्तिको आन्दोलनमा हामीले असाधारण प्रगति हासिल गरेका छौँ । यसलाई संस्थागत गर्ने, जोगाएर लैजानुपर्ने चुनौती पनि त्यत्तिकै टड्कारो छ । र, अबको कार्यभार भनेको सुशासनसहितको समृद्धिको हो । भ्रस्टाचारको अन्त्यको हो । उत्पादनमा अभिवृद्धिको हो ! रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणको हो । र, सबैभन्दा ठूलो कुरा समाजवादउन्मुख भनिएको संविधानको पूर्ण कार्यान्वयनको हो ।
एउटा अति महत्त्वपूर्ण विषय यहाँनेर जोड्नु लप्रासंगिक होला । त्यो हो– जनशाङ्खिकि लाभको विषय ! हाम्रो पछिल्लो जनगणनाअनुसार ४० वर्षभन्दा मुनिको जनसंख्या ६० प्रतिशत भन्दा बढी छ । ६० वर्षभन्दा माथिको जनसंख्या ८ प्रतिशत हाराहारी मात्रै छ । अबको १० या १५ वर्षमा ८ प्रतिशतबाट बढेर १६ प्रतिशतमा पुग्दैछ । तेस्रो विश्वबाट पहिलो विश्वमा पुग्नका लागि अहिले प्रचुर सम्भावना छ ।
यसमा काम गर्न सकेनौं भने अबको १५÷२० वर्षमा ६० वर्षमाथिको जनसंख्या हावी हुँदै जानेछ । त्यसले गर्दा अधिकांश नेपाली विकास नै नदेखेर बुढो हुने स्थिति आउन सक्छ । आजभन्दा ३० वर्ष पहिले हामीभन्दा कमजोर देशहरू अहिले हामीभन्दा ३ गुणा बढी विकसित भइसके । तर, हामी प्रजातन्त्र पुनःस्थापन पछिका ३० वर्षमा शिक्षा, स्वास्थ्य, उत्पादन, रोजगार, सार्वजनिक सेवा लगायतका सबैजसो आँकडामा जहाँको त्यहीँ छौँ ।
अब यी तमाम आँकडामा सुधार गर्दै, यही पुस्ताले नै विकास देखेर मर्ने इच्छा पुरा गर्न पनि कांग्रेस–एमाले– माओवादीबाट मुलुकलाई मुक्त बनाउनुपर्छ र बाँकी कार्यभार पूरा गर्ने दायित्व नयाँ पुस्तालाई सुम्पनु पर्दछ ! ३६ वर्षे शासनकालमा पनि गर्न नसकेको न्यूनतम समाजवादको अभ्यास परम्परागत राजनीतिले फेरि कहिल्यै गर्नसक्ने आधार, कारण र सम्भावना छैन । बिउझौँ, सुशासनसहित समृद्धिको सपना पुरा गर्नका लागि ईमानदार नीति र नेतृत्व नयाँ पुस्ताबाटै छानौं ।