प्यूठान : राजनीति उर्वरभूमिका रुपमा परिचित प्यूठानको झिमरुक गाउँपालिकाबाट मात्रै फागुन २१ मा हुने प्रतिनिधीसभा निर्वाचनमा चार जना उम्मेदवार मैदानमा छन् । कम्युनिष्ट आन्दोलनको विऊ रोप्ने नेता मोहनविक्रम सिंहको जन्मथलो पनि यही पालिका हो । वडा नम्वर ४ मा उनको कुनैबेला घरको तलामाथी घोडा हिड्ने कलात्मक घर छ ।
प्यूठानमा सवैभन्दा ठूलो दल नेकपा (एमाले) र उक्त दलले उम्मेदवारको रुपमा अघि सारेका नेता सूर्य थापा झिमरुक–१ सौतामारे निवासी हुन् । यसपालीको निर्वाचनमा सूर्यसँगको प्रतिस्पर्धामा अरु दल छन् । ०७९ को निर्वाचनमा थापाले प्यूठानमा पाँचदलीय गठवन्धनलाई पछीपार्दै जित हाता पारेका थिए ।
सवै दलको मतलाई हेर्दा करिव १८ हजारले पछी रहेका थापा ०७९ मा ४१ हजार १ सय १८ मत लिएर चुनाव जितेका थिए । प्रतिद्धन्द्धी राजमोकी दुर्गा पौडेलसंग ४ हजार १३ मतान्तर भएको थियो । ५१ वर्षिय थापाले करिव ३१ वर्ष नेपाली पत्रकारितामा सक्रिय भएर राजनीतिमा होमिएका हुन् ।
पार्टी र संसद्भित्र खरो कुरा राखेर नेपाली राजनीतिमा उनी परिचित छन् । मनमा लागेका कुरा प्रष्टसंग राख्नका लागि उनी कत्तिपनि हिच्किचावट मान्दैनन् । थापाले अहिले नेपाली पिएचडी गर्दैछन् । पहिलोपटकको प्रयासमै थापाको संसदीय यात्रा शुरु भएको हो ।
-1770193216.png)
पहिलोपटक संसद्मा पुग्दा र उनले प्यूठानका आवाज बोल्दा सरकारको ध्यानाकर्षण हुने गर्दथ्यो । कर्मचारी प्रशासन र नेपाली राजनीतिसंग उनी नजिकबाट घुलमिल छन् । विकास कसरी जनतामाझ लैजान सकिन्छ भन्ने कुरालाई राम्रोसंग बुझेकाले पनि आफूले प्यूठानको विकास गरेर मुहार फेर्न कुनै समस्या नहुने थापाको तर्क छ ।
पहिलो पटक संसदीय यात्रामा पुग्दा गरेका प्यूठानका महत्वपूर्ण विकास निर्माणका योजनाहरु केही शुरु भएका र कतिपय शुरुवाती गर्ने चरणमा रहेकाले उनीहरुको पूर्ण कार्यान्वयन गर्न पनि आफ्नो उपस्थिती जरुरी रहेको थापाको प्रतिक्रिया छ । प्यूठानमा यसपाली सवै दलहरु एक्ला एक्लै चुनाव लडेका छन् । सवै दल भिड्दा पनि नतिजा हाता पारेको बताउँदै थापाले यसपालीको चुनाव जित्न कुनै समस्या नरहेको उनको तर्क । थापा नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन् । ११ औँ महाधिवेशनबाट उनी भारी मत लिएर चुनाव जितेका थिए । यसअघि उनी पार्टीको पोलिटब्यूरो सदस्य थिए ।
झिमरुकबाटै चुनाव लडेका अर्का उम्मेदवार हुन्, तिलक बहादुर जिसी । उनी झिमरुक गाउँपालिका ४ निवासी हुन् । जिसी पहिलोपटक संघीय सांसद् लड्दै छन् । झिमरुक गाउँपालिकाको संस्थापक गाउँपालिका अध्यक्ष समेत रहेका उनी झिमरुको नेतृत्व गर्दा विवादरहित काम गरेको अनुभव छ ।
उनी नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता हुन् । ०५४ सालमा तत्कालिन बांगेमरोठ गाविसको अध्यक्ष समेत भइसकेका जिसीसंग राज्यका निकायहरुसंग काम गरेको अनुभव छ । उनको नेतृत्वमा झिमरुक गाउँपालिका लुम्विनीको पहिलो र देशकै सातौं बेरुजु कम गर्ने पालिकाको रुपमा पहिचान बनाएको थियो । कुनै बेला ढुंगामाटो पनि प्यूठानमा मसाल छन्, भन्ने संज्ञा दिने यहाँ अहिले उक्त पार्टीको जनाधार वर्षेनी खस्किदै गएको छ । मसालको चुनावी मोर्र्चा राष्ट्रिय जनमोर्चा हो । ५९ वर्षिय जिसीले आइ.एल सम्मको पढाई उत्र्तिण गरेका छन् ।
-1770193214.png)
यसै वर्ष नयाँ दलको स्थापना गरेर पहिलोपटक संसदीय यात्राको प्रतिस्पर्धामा भिडेका विमल प्रसाद पोख्रेल झिमरुक गाउँपालिका १ निवासी हुन् । नेपाली जनता दल स्थापना उनकै अगुवाइमा भएको हो । उनी त्यस पार्टीको केन्द्रीय सचिव हुन् ।
देशको अस्तव्यस्त राजनीति र कानूनी लडाइँमा उनी देशमै अग्रणी भागमा देखिन्छन् । नागरिकका सरोकारका मुद्दामा उनी देशको सर्वोच्च कानूनी निकाय सर्वोच्च अदालमा पुगेर रिट हालेर चर्चामा आउने गरेका छन् । कतिपय रिटमा उनले नागरिकको तर्फबाट सफलता हासिल गरेका छन् ।
वकालत र पत्रकारितामा पोख्रेलले स्नातकोत्तर (डिग्री) हासिल गरेका छन् । नागरिकका दबिएर बसेका मुद्दामा वकाल गर्ने उनी परिचित अधिवक्ता समेत हुन् । पोख्रेलले लामोसमय राष्ट्रिय जनमोर्चाको राजनीति गरे । त्यस पार्टीको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ)को उनी केन्द्रीय अध्यक्ष समेत भए ।
-1770193216.png)
तर, मनमा लागेका कुरा पोख्रेलले जसले जति दवाव दिएपनि भन्न डर मान्दैनन् । प्रष्टसंग र तार्किक कुरा उनले सामाजिक सञ्जालदेखि आम संचारमा लेख्छन्, बोल्छन् । त्यही उनको निडर स्वभाव तत्कालिन उनी आवद्ध पार्टी राजमोले मन पराएन । फलस्वरुप पार्टीमा विद्रोह गरेर आफू निस्किएको पोख्रेलको भनाई छ । एउटै व्यक्ति बाँचुन्जेल पार्टीको नेतृत्वमा बसीरहने मोहनविक्रम सिंहको विशेषतालाई पोख्रेलले खुलेरै विरोध गरेका थिए । ४३ वर्षिय पोख्रेल सिठ्ठी चुनाव चिन्ह लिएर प्यूठानमा चुनावी मैदानमा होमिएका छन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टीबाट प्यूठानमा गोविन्द गिरी चुनावी मैदानमा होमिएका छन् । एमाले छाडेर उनी केही समय खाली बसे र हर्क साम्पाङलाई भेट्न धरान पुगे । त्यहीबाट उनी पार्टीमा प्रवेश गरेका छन् । अहिले उक्त पार्टीको लुम्विनी प्रदेश प्रवक्ताको उनले जिम्मेवारी पाएका छन् ।
-1770193214.png)
कुनैबेला आफूलाई एमाले ब्राण्ड बनाएका गिरी लामो समय पारिवारीक समस्याले गर्दा राजनीतिमा निष्क्रिय भएर बसेका थिए । एमालेमै निरन्तर क्रियाशिल भएको भए गिरीलाई प्यूठानमा धेरै राजनीति भविष्य बोकेको नेताको रुपमा चित्रण गर्दथे । तर, गिरीको प्यूठानमा अहिलेको श्रम संस्कृति पार्टीप्रतिको आकर्षण र संगठन विस्तार छैन् । ५२ वर्षिय गिरीले आइ.ए सम्मको पढाई पुरा गरेका छन् । उनी झिमरुक ८ निवासी हुन् ।