विचार
झिमरुक गाउँपालिका १ सौतामारेका सामान्य किसानका छोरा हुन् । दुःख सुख गरेर पढे । सानै उमेरदेखि समाजसेवामा लागेका छन् । लाहुर गएनन् । उतै हराएनन् । पत्रकारिता गरे । प्रेस चौतारीको नेतापनि भए । तीन तीन जना प्रधानमन्त्रीहरुको प्रेस सल्लाहकार भएर राजकाजको कुरो सिके । लगातार तीस बर्षभन्दा बढी प्यूठानका जनताका माझमा छन् ।
परार जनार्दन शर्मा अर्थमन्त्री हुँदाका समयमा प्यूठानलाई थोरै दाम परेको भनेर सदनमा बेस्सरी चिच्याए । आफ्नो सरकार हुँदा संघीय सरकारबाट राम्रै पैसा छुट्टाए । बाटाघाटा खानेपानी पूलपुलेसाका काम भईरहेका छन् ।
अर्खा रजवारा जोड्ने लामो पुल आँफै पुगेर बनाए । जम्मा जम्मी तीन बर्ष काम गरे । प्यूठानलाई केन्द्रबाट सुन्ने बनाए । संसद्मा बोले भने यिनले सवैलाई सुन्न बाध्य बनाउँछन् । काममा लागेपछि त्यसलाई सकेर मात्रै छाड्ने यिनको वानी रहेछ भन्ने कुरा बिभिन्न समितिमा बसेर फत्ते गरेका कामहरुले जनाउँछ । कसैलाई मन पर्ने नपर्ने भन्दापनि उनलाई लाग्ने सत्य कुरा भन्न यिनी डराउदैनन् ।
यिनका आलोचक र प्रशंसक काफी छन् । तर पनि आत्तिने मात्तिने गरेको देखिदैन । राम्रो कुरा के छ भने यिनको आलोचकहरुले समेत भ्रष्टाचारजन्य आरोप लगाउन सक्दैनन् । मान्छेहरुका सानातिना दुःख सुखमा गाउँतिरै देखिन्छन् । सामाजिक न्याय, बिकास र राष्ट्रियताको लागि यो पार्टी नेपालकै अब्बल छ । त्यसैले यिनलाई पुरा कार्याकाल काम गर्न दिँदा नाफा हुने नै देखिन्छ ।