सूर्य थापा केवल सांसद होइनन्, प्रभावशाली मन्त्रीका दावेदार हुन् । प्यूठानको राजनीति यतिबेला केवल प्रतिनिधि छान्ने प्रक्रियामा सीमित छैन, यो जिल्लाको भावी प्रभाव, पहुँच र विकासको गति निर्धारण गर्ने क्षण पनि हो । यस्तो सन्दर्भमा सूर्य थापालाई सामान्य उम्मेदवारका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। उहाँ केवल सांसदका दावेदार होइनन् सम्भावित रूपमा प्रभावशाली मन्त्री बन्न सक्ने हैसियतका नेता हुन् ।
किन फरक छन् सूर्य थापा ?
राजनीतिमा अनुभव, पहुँच र परिणाम यी तीन तत्व निर्णायक मानिन्छन्। सूर्य थापासँग यी तीनै पक्षको संयोजन देखिन्छ। पार्टीभित्र स्थापित प्रभाव, शीर्ष नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने क्षमता र केन्द्रमा बलियो पकडका कारण प्यूठानका मुद्दा राष्ट्रिय प्राथमिकतामा पु¥याउने सामथ्र्य उहाँमा रहेको समर्थकहरूको विश्वास छ ।
विगत साढे तीन वर्षमा जिल्लामा अर्बौं विकास बजेट भित्र्याएर विभिन्न पूर्वाधार र विकास योजनामा प्रगति गराएको दाबीले उहाँलाई “काम गरेर देखाउने” प्रतिनिधिका रूपमा चिनाएको छ ।
२०७९ को जनमतः विश्वासको आधार
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै सूर्य थापा विजयी हुनु सामान्य उपलब्धि थिएन। त्यो परिणामले संगठनात्मक बल, रणनीतिक कौशल र जनआधारको पुष्टि गरेको विश्लेषण गरिन्छ । प्यूठानले त्यतिबेला दिएको जनादेश अहिलेको राजनीतिक यात्राको महत्वपूर्ण आधार बनेको छ ।
८ संसदीय भूमिकाबाट कार्यकारी सम्भावनातर्फ
सहकारी प्रकरण छानबिन समितिको सभापतिका रूपमा सर्वसम्मत प्रतिवेदन तयार पार्दै रवि लामिछाने विरुद्ध कारबाही सिफारिस गरिएको प्रसंगले सूर्य थापाको नेतृत्व शैलीलाई थप बलियो बनाएको समर्थकहरूको धारणा छ। संवेदनशील विषयमा प्रक्रियागत र निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमताले उहाँलाई केवल बहस गर्ने सांसदभन्दा पनि नीति निर्माण र कार्यान्वयन तहमा काम गर्न सक्ने व्यक्तित्वका रूपमा उभ्याएको छ ।
सांसदले आवाज उठाउँछ, तर मन्त्रीले निर्णय गर्छ । सांसदले माग प्रस्तुत गर्छ, मन्त्रीले नीति र बजेट निर्धारणमा प्रत्यक्ष भूमिका खेल्छ । यदि एमाले नेतृत्वको सरकार वा संयुक्त सरकार गठन भयो भने, सूर्य थापा मन्त्रीका बलिया दावेदार हुन् । यसो हुँदा प्यूठानले पहिलोपटक केन्द्र सरकारमा प्रभावशाली मन्त्रीको रूपमा सूर्य थापालाई पाउने छ ।
थापा मन्त्री हुँदा विकास आयोजना, बजेट विनियोजन र नीतिगत प्राथमिकतामा जिल्लाले प्रत्यक्ष लाभ लिन सक्ने सम्भावना बढ्छ। त्यसैले यो चुनाव केवल प्रतिनिधि छनोट होइन जिल्लालाई कार्यकारी तहसम्म पु¥याउने अवसर पनि हो।
प्यूठानलाई अनुभवी, स्पष्टवक्ता र केन्द्रमा पहुँच भएको नेतृत्व चाहिएको छ भन्ने बहस अहिले व्यापक छ। यस्तो अवस्थामा सूर्य थापालाई केवल “एक थान सांसद” को रूपमा सीमित गर्नु उचित हुँदैन भन्ने समर्थकहरूको तर्क छ। उहाँलाई सम्भावित मन्त्री, प्रभावशाली निर्णयकर्ता र प्यूठानको प्रतिनिधित्वलाई नयाँ उचाइमा पु¥याउन सक्ने नेताका रूपमा प्रस्तुत गरिएको छ । अन्ततः निर्णय मतदाताको हातमा छ ।