प्यूठान : ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति आगलागी हुँदा १३ घर ११ गोठ जलेर नष्ट भएको छ । आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षेती भएको प्रारम्भिक अनुमान गरिएको वडा अध्यक्ष अमर रेश्मीले जानकारी गराए ।
स्थानीय लक्ष्मण रानाको फुसले छाएको गोठबाट शुरु भएको आगो रातभर लागेको थियो। प्यूठानमा हिजो राति ९ बजेदेखि नै हावाहुरी चलेको थियो। हावाहुरीका कारण आगो फैलिएको स्थानीयले बताए । रातभरि लागेको आगो स्थानीय तथा प्रहरीले नियन्त्रणमा लिएको प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि भट्टराईका अनुसार क्षतिको विवरण यस प्रकार छ :
१) देवान सिंह रानाको १ फुसले छाएको गोठ पुर्णरुपमा जलि नष्ट भएको,
२) विकाश रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको,
३) लक्ष्मण रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको,
४) इश्वरी रानाको कच्चि घर पुर्ण रुपमा जलि नष्ट भएको, भाडावर्तन, लत्ताकपडा, खाद्यान्न, ३ गोरु, १५ बाखाको मृत्यु भएको,
५) रमेश घर्तीको १ घर, १ गोठ पुर्ण रुपमा जली नष्ट भएको ६ बाख्राको मृत्यु, भाडावर्तन, लत्ताकपडा, आधा तोला सुन, नगद रु.५०,०००।– (पचास हजार) जली नष्ट भएको,
६) ओम बहादुर रेश्मी मगरको १ घर, २० २ गोठ पुर्णरुपमा जली नष्ट भएको ३३ बाख्राको जली मृत्यु भएको, भाडावर्तन, खद्यान्न, लत्ताकपडा, नगद रु. ७१,५००।– (एकहत्तर हजार पाचँ सय) जली नष्ट भएको,
७) भुपाल रोकाको १ घर, १ बाख्रा पुर्णरुपमा जली नष्ट, १८ बाख्रा जलि मृत्यु, बाडावर्तन, लत्ताकपडा, नगद रु.२,००,०००।– (दुई लाख), आधा तोला सुन जली नष्ट भएको,
८) गुमा रजालिको १ घर १ गोठ, १ बङ्गुर, लत्तकपडा भाडाबर्तन खाद्यान्न जली नष्ट भएको,
९) बल बहादुर रजालीको १ घर, १ गोठ, लत्ताकपडा खाद्यान्न, भाडाबर्तन जली नष्ट भएको,
१०) झबिन्द्र रजालीको १ घर १ गोठ भाडाबर्तन, लत्ताकपडा र खाद्यान्न जली नष्ट भएको,
११) घन ब. रानाको १ घर १ गोठ १५ बाख्रा २ गोरु ४ कुखुरा र अन्य भाडाबर्तन, खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको, भाडावर्तन, खाद्यान्न
१२) देव ब. रजालीको १ गोठ, १५ वटा बाख्रा जली मृत्यु भएको र ह
१३) डिला रजालीको १ गोठ, १ बाख्रा घाईते, दुई गोरु जलि मृत्य भएको।