बुटवल : रोहिणी गाउँपालिका–४ कोटहवा रुपन्देहीमा नेपाल प्रहरीले गोली हानेर भारतीय सिमानाकाहुँदै लागुऔषध ओसारपसार गर्ने कारोवारीहरुलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एफ ९९०१ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा प्रहरीलाई नै ढुंगामुढा गरी आक्रमण गरेकाले प्रहरीले गोली चलाएको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरो भैरहवाका प्रहरी नायव निरीक्षक सागर भट्टराइको टोलीले प्रहार गरेको गोली लागेर रोहिणी गाउँपालिका २ खुरुहुरिया रुपन्देहीका विशाल यादव घाइते भएका छन् । उनको भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको छ । घाइते यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट फेनारागन ११०० एम्पुल, डाईजोपम्म ११०० एम्पुल र बुफ्रिनुफ्रीन ११०० एम्पुल गरी जम्मा ३ हजार तीन सय एम्पुल नियन्त्रणमा लिएको छ ।
कारोवारीहरुले हानेको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक भट्टराई सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । कारोवारमा संलग्न अन्य भारतीय दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । महाराजगंज पर्सामालिक ग्राम बिसुनपुरवा बस्ने १८ वर्षिय अरुण कुमार र सोही ठाउँका २० वर्षिय विनय पाण्डेय पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुबाट फेनारागन ११०० एम्पुल, डाईजोपम्म ११०० एम्पुल र बुफ्रिनुफ्रीन ११०० एम्पुल गरी जम्मा ३ हजार तीन सय एम्पुल नियन्त्रणमा लिएको छ ।