प्यूठान : राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी गाउँपालिका प्यूठानको सभापतीमा सन्तोष कुँवर सर्वसम्मत चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय भेलाबाट कुँवरको सभापतीत्वमा १५ सदस्य पालिकास्तरीय समिति गठन गरिएको छ ।
कुँवर गौमुखी गाउँपालिका –७ नारीकोट निवासी हुन् । जन्मभूमिका नागरिकहरुको सामाजिक सेवामा उनी काठमाण्डौँ सहित गृह जिल्लामा क्रियाशिल छन् । पालिकास्तरीय समिती गठन कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित गौमुखी गाउँपालिकाकी संस्थापक उपाध्यक्ष तुल्सा सुनार र गौमुखी ७ नारीकोटका पूर्व वडा अध्यक्ष श्यामलाल पुरी रास्वपामा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।