गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिकाले संघीय सरकारले गरेको निर्णय नमान्ने भएको छ । गाउँकार्यपालिकाको बैठकबाट संघीय सरकारले गरेको निर्णय मान्दा शैक्षिक गुणस्तरमा असर पर्ने भएकाले निर्णय नमान्ने निर्णय गरेको हो ।
संघ सरकारले आइतवार पनि विद्यालय वन्द गर्ने र नयाँ विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि गर्ने तथा कक्षा संचालन वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । उक्त निर्णय विपरित पालिकाले आफ्नै योजना सार्वजनिक गरेको छ ।
आईतवार पनि विद्यालय संचालन गर्ने, विद्यार्थी भर्ना वैशाख ६ गतेदेखि र १३ गतेदेखि कक्षा संचालन गर्ने विद्यालयले निर्णय गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले जानकारी दिए । छत्रकोट सहित अधिकांश पालिकाहरुले संघीय सरकारको निर्णय टेरेका छैनन् ।