बुटवल : पूर्वी पाल्पा समाज रुपन्देहीमा विन्द्रा अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । शनिवार बुटवलस्थित न्यू इरा होटलमा सम्पन्न दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नव गठित समाजको उपाध्यक्षमा मन्जु बास्तोला र हरीहर भण्डारी निर्वाचित भएका छन् । महासचिवमा गणेश सेढाई, उपमहासचिवमा देवराज खनाल, सचिवमा धु्रव कँडेल, कोषाध्यक्ष लक्ष्मीदेवी अर्याल, सहकोषाध्यक्ष खुम बहादुर राना र सदस्यहरुमा मन्जु नेपाली, दामोदर घिमिरे, लक्ष्मण कँडेल, बावुराम भण्डारी, रीता पराजुली पाठक र पिताम्वर राना चयन भएका छन् ।
सुनिल श्रेष्ठको अध्यक्षता र पाल्पा १ का संघीय सांसद् सन्दीप रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको समाजका सदस्य ऋषि भट्टराईले जानकारी दिए ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी रानाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सवै स्वास्थ्यचौकीहरुमा निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने बारेमा आफूले विभिन्न निकायहरुमा पहल गरिरहेको जानकारी गराए ।