प्यूठान : झिमरुक गाउँपालिका वडा नम्वर १ स्थित अमंरसिंह मावीमा विद्यालय शिक्षामा सूचना प्रविधीको प्रयोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
सूचना र प्रविधीले विद्यार्थीको पठनपठानमा पारेको सकरात्मक तथा नकरात्मक प्रभाव, सामाजिक सञ्जालले विद्यार्थीहरुमा पारेको सकरात्मक तथा नकरात्मक प्रभाव, सूचना तथा संचार प्रविधी (आइसिटी) कार्यक्रम अन्तर्गत विद्यालयले संचालन गरेका कार्यक्रम, आइसिटीको महत्व र आवश्यकता लगायत विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।
-1781797334.jpg)
सूचना र प्रविधीको प्रयोग सम्वन्धी विद्यालयमा पहिलोपटक उक्त कार्यक्रम संचालन भएको प्रधानाध्यापक दान बहादुर जिसीले जानकारी गराए । पठनपाठनको अवधिभर विद्यालयमा विद्यार्थीहरुलाई मोवाइल ल्याउन निषेध गरिएको जिसीले बताए । उनले विगत सात वर्षअघि विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २४ थान कम्प्युटर प्राप्त गरेको कक्षा ६, ७, ८ मा ऐच्छिक विषयको रुपमा कम्प्युटर कक्षा संचालन गर्दै आइरहेको जानकारी गराए ।
तर, स्थानीय पाठ्यक्रम लागु भएपछि चालु शैक्षिक शत्रदेखि कम्प्युटर कक्षा संचालन नभएको उनले बताए । विद्यालयमा भएका कम्प्युटरको सदुपयोगको विषयमा विद्यालयले योजना बनाउने समेत उनको भनाई छ ।
-1781797334.jpg)
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं झिमरुक गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष धुर्वराज खनालले सूचना र प्रविधीको प्रयोग मानिसको दैनिक जीवनयापनसँग जोडिएको उल्लेख गरे । ‘मानिसले एकछाक खाना छुटाउलान तर पलपलका खवरहरु हेर्न छुटाउदैनन्’,उनले भने,‘छिनछिनमा विश्वमा के भइरहेको छ, घरमै बसीबसी अपडेट लिन सकिन्छ । तर, प्रविधीको विकासलाई सदुपयोग भन्दा दुरुपयोग गर्नेहरु बढ्दै गएका छन्, यसबाट सवै सचेत हुनुपर्छ । विद्यार्थी जीवनदेखि नै प्रविधीको प्रयोग र सदुपयोगको बारेमा बुझ्नु जरुरी छ ।’

वडा सदस्य एवं कार्यक्रमका विशेष अतिथी शंकर पोख्रेलले सूचना र समाचारलाई सही रुपले प्रयोग नगर्दा समाजमा नकरात्मक असर फैलिदै गएको जानकारी गराए । ‘हाम्रो पालामा सरहरुले पढाउँदा चक र डस्टरले व्लाकबोर्डमा लेख्नुहुन्थ्यो विद्यार्थी भाइवहिनीहरुलाई यो सुन्दा अचम्म लाग्न सक्छ’,उनले भने,‘तर अहिले स्मार्ट बोर्ड छन् । प्रोजेक्टरबाट पढाई हुन्छ । विद्यायमै इन्टरनेट छ । सूचना र प्रविधीले दिनहुँ फड्को मारिरहेको छ । यसलाई हामीले सही रुपमा सदुपयोग गर्नुपर्छ ।’
-1781797336.jpeg)
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुराम सुनार र वडा सचिव प्रकाश जिसीले बोल्दै विद्यार्थी उमेरदेखि नै बालवालिकाहरुलाई बदलिदो सूचना र प्रविधीको प्रयोगका विषयमा गराउनुपर्नेमा जोड दिए ।
ग्रीक मिडिया प्रा.लि.बुटवलको आयोजना र वडा नम्वर १ को कार्यालयको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण ग्रीक मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक केशरराज क्षेत्री, कम्प्युटर एशोसियन नेपाल (क्यान) का लुम्विनी प्रदेश सदस्य एवं प्यूठान जिल्ला निवर्तमान अध्यक्ष तुलस बहादुर रोका र अमंरसिंह मावीका शिक्षक एवं सूचना अधिकारी सूर्य जिएमले गरेका थिए ।