प्यूठान : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्यूठानको झिमरुक गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूले दश लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीद्धारा जारी गरिएको विज्ञप्ती मार्फत संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाइएको हो । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत र पुनस्र्थापनाका लागि सहयोगको अपिल गरेको थियो ।
झिमरुक गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेको छ। गाउँपालिकाले प्राकृतिक विपद्को सामना सामूहिक एकता र सहकार्यबाट गर्नुपर्नेमा जोड दिँदै जिम्मेवार र असल नागरिकको भूमिका निर्वाह गर्नसमेत अपिल गरेको छ ।