बुटवल : बुटवल उपमहानगरपालिका रुपन्देहीले भोटेकोशी बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विहिवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकमा पालिका स्तरका सवै राजनीतिक दलका नेताहरु सहभागी थिए ।
बैठकले १३ दिनसम्म उपमहानगरपालिका क्षेत्रमा कुनै पनि मनोरञ्जनका कार्यक्रम नगर्न र गरेका कार्यक्रमहरुमा समेत सहभागी नहुन् अपिल गरेको छ । जनप्रतिनिधि र कर्मचारीहरुले थप रकम कोषमा जम्मा गर्ने समेत बैठकले निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।